यात्राकाे क्रममा वान्ता गर्नुहुन्छ ? रोक्ने घरेलु उपाय !

vomitयात्रा गर्दै हुनुहुन्छ ? अदुवा र ल्वाङ लग्न पक्कै नबिर्सिनुस् । मसलाका रूपमा प्रयोग गरिने अदुवा र ल्वाङ प्रत्येक घरमा उपलब्ध हुन्छन् । यस्ता खाद्यवस्तुले खानाको स्वाद मात्र बढाउँदैन, औषधीको रूपमा समेत काम गर्छ ।

त्यसैले त, पहिले पहिलेका बुढापाका तथा ऋषिमुनिहरूले अदुवा, ल्वाङ्ग, कागती लगायतलाई औषधीका रूपमा वर्णन मात्र गरेका छैनन्, औषधीकै रूपमा समेत प्रयोग गर्दै आएका छन् ।

 

अदुवा

अदुवा यस्तो खाद्य वस्तु हो जुन प्रत्येक घरको भान्छामा देख्न सकिन्छ । अदुवाले खानाको स्वाद मात्र बढाउँदैन । वाकावाकी वा वान्ता रोक्न समेत मद्दत गर्छ ।

यात्राको दौरान वान्ता आउला जस्तो भएमा वा वाकवाकी लागेमा अदुवाको गोली वनाएर वा अदुवा हालेको चियाको सेवन गरेर समस्यालाई तुरुन्तै रोक्न सकिन्छ ।

ल्वाङ

मसलाको रूपमा प्रयोग हुने ल्वाङले खानाको स्वाद मात्र बढाउँदैन । विभिन्न रोगहरूमा औषधीको रूपमा समेत काम गर्छ । विशेषगरी, लामो दुरीको यात्राका क्रममा एक टुक्रा ल्वाङलाई मुखमा राख्दा यसले मुखलाई मिठो त बनाउँछ नै औषधीको रूपमा वान्ता रोक्न समेत सघाउ पुर्‍याउँछ ।

पुदिनाको सेवन

गर्मी मौसममा पुदिनाकेा सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले शरीरलाई गर्मी हुनबाट जोगाएर शरीरलाई चिसो राख्न मद्दत गर्छ । साथै, यसले यात्राको दौरान वाकवाकी लाग्न तथा वान्ता हुनबाट समेत जोगाउँछ ।

एउटा रुमालमा केही थोपा पुदिनाको तेल राख्ने र, त्यो रुमाललाई बेला बेलामा सुँघ्ने । यति गरे मात्र पनि लामो यात्राका क्रममा वान्ता हुने समस्याबाट जोगिन सकिन्छ ।

प्याजको रस

प्याज मन नपर्ने विरलै होलान् । सलादको रूपमा होस्, वा तरकारी, प्याजका परिकार हरेक घरमा बन्ने गर्छ । तर यसलाई औषधीको रूपमा भने कतिले प्रयोग गर्लान् ? प्याज औषधीको रूपमा पनि प्रयोग हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर यो औषधीको रूपमा मात्र हैन, वान्ता रोक्नका लागि पनि रामवाणको रूपमा प्रयोग हुने गर्छ । एक चम्चा प्याजको रसमा एक चम्चा अदुवाको रस मिसाएर सेवन गर्दा वान्ता रोक्ने मात्र हैन, यात्राको दौरान वाकवाकी लाग्ने समस्या समेत हुन दिँदैन ।

कागती

कागतीलाई औषधीको रूपमा पनि लिइन्छ । यसमा पाइने साइटि्रक एसिडले उल्टी तथा वाकवाकी लाग्नबाट रोक्ने गर्छ । त्यसैले त बूढापाकाहरू वाकवाकी लागेमा वा धेरै वान्ता भएमा कागती चुस्न सल्लाह दिने गर्छन् ।

दालचिनी पानी

वान्ता रोक्ने विभिन्न घरेलु औषधीकेा सूचीमा दालचिनी पानी पनि पर्छ । दालचिनीलाई तातोपानीमा पकाएर त्यसमा मह मिसाएर पिएको खण्डमा पनि यात्रामा वान्ता हुँदैन । यो सुरक्षित तथा उपयोगी भएकै कारण मोसन सिकनेस भएमा समेत गर्भवती महिलाहरूलाई दालचिनी पानी खान सुझाव दिइने गरिन्छ ।

सुन्तलाको रस

सुन्तलाको रसले वान्ता तथा वाकवाकी लाग्ने समस्यालाई तुरुन्तै कम गर्छ । त्यसैले बूढापाकाहरू यात्राका दौरान सुन्तला खान सुझाव दिने गर्छन् । सुन्तलाको जुस वा रसमा केही थोपा अदुवा तथा पुदिनाको रस मिसाएर पिएको खण्डमा यसले वान्ता हुने व्यक्तिमा चमत्कार नै गराइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी