December 27, 2017

यस वर्षको एसईई परीक्षा पनिकाले नै सञ्चालन गर्ने

२०७४ पौष १२ बुधबार,

काठमाडौं । शिक्षा ऐनमा भएको संशोधनअनुसार गठित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षा सञ्चालन गर्नुपर्नेमा विगतमा एसएलसी सञ्चालन गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले नै यस वर्षको एसईई परीक्षा सञ्चालन गर्ने भएको छ । संशोधित शिक्षा ऐनले कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानेकाले कानुनी रुपमा माध्यमिक तहको परीक्षा बोर्डले सञ्चालन गर्नुपर्ने हो ।

गत वर्ष शिक्षा नियमावली ढिलाइका कारण पनिकाले नै एसईई गराएको थियो । यस वर्ष पनि एसईईको जिम्मेवारी पनिकाकै काँधमा आएको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जनकारी दिए ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने ऐनले व्यवस्था गरेअनुसार गत वर्षको एसईई पनिकाले सञ्चालन गरे पनि बोर्डकै नामबाट भएको बताए । “यस वर्ष पनि पनिकाले नै परीक्षा लिन्छ । त्यो पनि हाम्रै संस्था त हो,” उनले भने ।

संशोधित ऐनअनुसार एसईई परीक्षा प्रादेशिक स्तरमा लिनुपर्ने हो । तर, अहिले प्रादेशिक संरचना तयार भइनसकेको हुनाले केन्द्रकै रुपमा लिनुपर्ने बाध्यता रहेको पौडेलले बताए । “अहिले हाम्रो पुरानै जिल्ला शिक्षा कार्यालय र जिशिअ मातहतबाट नै सबै परीक्षा सञ्चालन गर्छौं,” उनले भने । उनका अनुसार आगामी वर्षदेखि जिल्ला शिक्षा कार्यालय रहने छैनन् । अर्को वर्षेदेखि प्रादेशिक कार्यालय स्थापना गरेर त्यसैको मातहतमा एसईई गराइने अध्यक्ष पौडेलले बताए ।

परीक्षा बोर्डको गत असार १६ मा बसेको बैठकले अर्को व्वस्था नभएसम्मका लागि पनिकाले गरी आएको कक्षा १० को परीक्षासम्बन्धी कार्य हाल यथावत् रुपमा सोही कार्यालयमार्फत गर्ने गराउने निर्णय गरेको उनले जानकारी दिए ।

प्रादेशिक स्तरमा पूर्वाधार तयारी सुरु

आगामी वर्षको कक्षा १० को एसईई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसका लागि बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

एसईई परीक्षा सञ्चालन, रिजल्ट प्रकाशनलगायत सम्पूर्ण जिम्मेवारी प्रादेशिक संरचना बनाएर सोही निकायलाई सुम्पिने उनले बताए । बोर्डका ११ वटा क्षेत्रीय कार्यालयहरूलाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन हुने तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को काठमाडौं, ४ को पोखरा, ५ को कोहलपुर, ६ को सुर्खेत र ७ को धनगढीमा बोर्डको प्रादेशिक कार्यालय रहनेछन् । अहिलेका बोर्डको विराटनगर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, दाङ, धनगढी र डडेल्धुरामा शाखा कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)