February 24, 2018

यस आर्थिक बर्षभित्र यस्तो छ प्राधिकरणको लक्ष्य

फागुन १२,काठमाडौं ।
 

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले ग्राहकबाट महसुल असुल गर्न मात्रै करिब १५ सय कर्मचारी खटाउनुपरेको छ ।विद्युत महसुल केन्द्रका मुलुकभर एक सय ६८ वटा आय संकलन केन्द्र छन् । आजको कान्तिपुर दैनिकको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, ग्राहकको चाप हेरी एक केन्द्रमा कम्तीमा ४ देखि १५ जनासम्म कर्मचारी खटिने गरेका छन् ।उनीहरुलाई दिने मासिक तलब औसतमा २५ हजार हिसाब गर्ने हो भने पनि प्राधिकरणको मासिक करिब ३ करोड ७५ लाख रुपैयाँ खर्च भइरहेको छ ।यसमा बिल तिर्न जाँदा लाइनमा बस्नुपर्ने ग्राहकको खर्च हुने समयको कुनै गणना छैन ।

अनलाइन बिलिङतर्फ ग्राहकले देखाएको सक्रियताले प्राधिकरणको यो रकम चाँडै बचततर्फ जाने संकेत गरेको छ ।

भदौदेखि काठमाडौंमा अनलाइन बिलिङ सिस्टम सुरु गरेको प्राधिकरणले अहिले यसलाई ७५ वटा आय संकलन केन्द्रमा विस्तार गरिसकेको विलिङ महाशाखा प्रमुख सजुनकुमार श्रेष्ठले बताए ।यो आर्थिक बर्षभित्र सबै आय संकलन केन्द्रमा अनलाइन बिलिङ प्रणाली जडान गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण