यस्तो छ देउवाको रोडम्याप

काठमाडौं, जेठ १६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गरेलगत्तै काँग्रेस सभापति सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यमा छन् । देउवाले केही महत्वपूर्ण भेट आफै गरेर तथा आफु निकटका नेताहरु परिचालन गरेर नयाँ सरकार गठन आधार बनाउने गृहकार्य जारी राखेका छन् ।

काँग्रेससँगको गठबन्धन हुँदा भएको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ ९ गते आफ्नो पदबाट राजीनामा गरेका थिए । त्यसलगत्तै काँग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकारका लागि पहल थालेका हुन् । ‘औपचारिक र अनौपचारिक दुवै तरिकाले नयाँ सरकार गठनका लागि संवाद चलिरहेका छन् । अधिकतम धेरै दललाई सहभागी गराउने सोच छ ।’ देउवा निकट काँग्रेस स्रोतको भनाई छ, ‘सभापतिज्यूले सवैपक्षसँग संवाद चलाई रहनुभएको छ ।’

सहमतिको सरकार गठनका लागि भन्दै आज मात्र काँग्रेस सभापति देउवाले संसदमा प्रतिनिधित्व भएका दलहरुको सर्वदलिय बैठक आव्हान गरेका थिए । बैठकमा अनुपस्थित भएर प्रमुख प्रतिपक्षी दल एमालेले देउवाको प्रस्ताव करिब–करिब अस्वीकार गरेको सन्देश दिएको छ । काँग्रेस–माओवादी गठबन्धनप्रति एमालेको पहिलादेखि नै असन्तुष्टि छ । एमाले दुई बामपन्थी दलबीचको गठबन्धनको पक्षमा छ ।

आजको बैठक एमालले बहिस्कार गरेसँगै काँग्रेस सभापति देउवा बहुमतीय सरकार गठनमै केन्द्रित हुने बाटो खुलेको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिबाट सहमतिय सरकार गठनका लागि आव्हान भएकाले त्यसका लागि सहमति जुटाउन सर्वदलीय बैठक आव्हान गरिएको जानकारी दिएका थिए ।

कार्यदल भावी सरकारको रोडम्याप निर्माणमा लागेको एक सदस्यले बताए । यद्यपी कार्यदलले सहमतिय सरकार गठनका लागि भने खासै पहल गरेको छैन । यो कार्यदल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला पनि सक्रिय थियो ।


देउवाका लागि माओवादीको समर्थन जुटाउन कुनै समस्या भएन । बरु, माओवादीकै प्रस्तावमा उनी प्रधानमन्त्री बन्नेछन् । तर, माओवादीसँग मन्त्रालय बाँडफाँडको विषय भने दुई दलले टुंगाउनुपर्नेछ । यसका लागि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यदल बनाएर काम अगाडि बढाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र नीधि र भौतिक योजना मन्त्री रमेश लेखक छन् भने माओवादीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र बर्षमान पुन सदस्य छन् ।

कार्यदल भावी सरकारको रोडम्याप निर्माणमा लागेको एक सदस्यले बताए । यद्यपी कार्यदलले सहमतिय सरकार गठनका लागि भने खासै पहल गरेको छैन । यो कार्यदल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला पनि सक्रिय थियो ।

यसवाहके काँग्रेस सभापति देउवाले बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई पनि सरकारमा सहभागी गराउने सुनिश्चता गरिसकेका छन् । प्रचण्डको राजीनामा भन्दा केही दिन अगाडि मात्र सरकारमा सहभागी भएका गच्छदारलाई अहिले दिइरहेको मन्त्रालय जिम्मा दिएर सरकारमा सहभागी गराउने काँग्रेस सभापति देउवाको योजना छ ।


संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने देउवाको योजना छ । सरकारमा सहभागी नभए संघीय समाजवादी फोरमको समर्थन जुटाउने देउवाको दोस्रो कार्यसूचि छ ।

माओवादी र नेपाल लोकतान्त्रिक फोरमपछि देउवा राष्ट्रिय जनता दललाई फकाउने सूत्रको खोजिमा छन् । सकेसम्म राजपालाई सरकारमा ल्याउने नभएपनि आफ्नो नेतृत्वको सरकारलाई राजपाको समर्थन जुटाउने देउवाको सूत्र छ । राजपासँग कुरा भैरहेको काँग्रेसका केही नेताहरु मान्छन् । तर, आज देउवाले बोलाएको सर्वदलीय वैठकमा राजपाका अध्यक्षमण्डलका नेता सहभागी भएनन् र सन्देश दिएका छन्, ‘अझै केही सहमतिको खाँचो छ ।’

बाहिर सहमतिय सरकारको गृहकार्य देखिएपनि अहिलेको गठबन्धन एमालेविनाकै बहुमतीय सरकारको पक्षमा छ । एमाले अध्यक्ष ओलीले जसको नाममा सहमति बन्छ, उही प्रधानमन्त्री बन्ने बताएपनि देउवाले बहुमतबाटै आफ्नो नेतृत्वको सरकार गठनलाई प्राथामिकतामा राखेका छन् ।

सर्वदलिय बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पनि अनुपस्थित रहेपनि बैठकमा राजपाका तर्फबाट लक्ष्मण लाल कर्ण सहभागी थिए । उनले आफुहरुका माग अहिले पनि संम्बोधन नभएको भन्दै वर्तमान सरकारले उधारो राखेको माग पुरा भए जसको नेतृत्वको सरकार बनेपनि समर्थन रहने बताएका छन् । अर्थात कुनै सहमति हुने बित्तिकै राजपाले देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत दिएको छ । यद्यपि राजपाले नयाँ सरकारमा सहभागी नहुने चाहीँ बताईसकेको छ ।


राजपापछि देउवा राप्रपालाई पनि फकाउने सूत्र खोजिरहेका छन् । यद्यपी राप्रपा सरकारमा आउने–नआउनेबरे केही निश्चत छैन । देउवाले सके सरकारमै सहभागी गराउने नभए राप्रपाबाट आफ्नो नेतृत्वको सरकारलाई समर्थन जुटाउने कोशिसमा छन् ।

बाहिर सहमतिय सरकारको गृहकार्य देखिएपनि अहिलेको गठबन्धन एमालेविनाकै बहुमतीय सरकारको पक्षमा छ । एमाले अध्यक्ष ओलीले जसको नाममा सहमति बन्छ, उही प्रधानमन्त्री बन्ने बताएपनि देउवाले बहुमतबाटै आफ्नो नेतृत्वको सरकार गठनलाई प्राथामिकतामा राखेका छन् । आजको सर्वदलीय वैठकमा प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत रुपमा ओलीलाई भेटेर भएपनि सहमतिय सरकार गठनका लागि पहल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको राजीनामा आएको अर्कोदिन राष्ट्रपति विद्या भण्डारीले सहमति सरकार गठनका लागि दलहरुलाई एक साताको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा भोलि साँझ सकिँदैछ । त्यसपछि राष्ट्रपतिले सहमतिय सरकारका लागि थप तीन दिनको समय पनि दिन सक्छिन् ।

यद्यपी सहमतिय सरकार गठनका लागि खास पहल नभएकाले राष्ट्रपतिले भोलि नै बहुमतिय सरकार गठनका लागि आव्हान गर्न सक्निछन् । यदि यस्तो आब्हान भयो भने संसद सचिवालयले प्रधानमन्त्री चयनका प्रक्रिया अगाडि बढाउनेछ । स्रोतका अनुसार राष्ट्रपतिले भोलि नै बहुमतिय सरकारका लागि आव्हान गरे जेठ १९ गते प्रधानमन्त्रीका चुनाव गर्ने गरी संसद सचिवालयले आफ्नो कार्यसूचि अगाडि बढाउने तयारी गरेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार यसपाली देउवाले आफ्नो नेतृत्वको सरकार गठनसँगै पार्टी पदाधिकारी र मन्त्रीहरुको चयन मिलाउन खोजेका छन् । महाधिवेशन भएको एक बर्ष पुरा हुँदा पनि काँग्रेसमा पदाधिकारी चयन भएका छैनन् । दावेदारहरु धेरै भएपछि सभापति देउवा अपठ्इँरोमा छन् ।

अहिले देउवाले विभिन्न विकल्पमा छलफल थालेका छन् । काँग्रेस स्रोतका अनुसार देउवाले गृहसहित उपप्रधानमन्त्री बनाएर कृष्णप्रसाद सिटौलाको चित्त बुझाउन पनि खोजेका छन् । गृहमन्त्री माओवादीको कोटामा परे महेश आचार्यलाई अर्थमन्त्री बनाएर वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि चित्त बुझाउन खोजेका छन् । गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित कुनैजिम्मेवारी वा पदाधिकारी के बनाउने भन्नेमा पनि देउवाले छलफल चलाईरहेका छन् । देउवा निकट एक स्रोत भन्छ, ‘यसपाली सभापतिज्यूले मन्त्री र पदाधिकारी एकै पटकमा मिलाउने सोच बनाउनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा