यसरी सजिलै छाड्न सकिन्छ धूमपानको लत

धूमपान स्वास्थ्यका लागि हानिकारक छ । यो जान्दाजान्दै पनि मानिसहरु यसको लतमा परिरहेका हुन्छन् । कतिपयले चाहेरपनि यसबाट छुटकारा पाउन सकेका हुँदैनन् भने कतिपयले चाहेरै धूमपान गरिरहेका हुन्छन् । धूमपानबाट छुटकारा पाउनका लागि सबैभन्दा महत्वपूर्ण कुरा त त्यसलाई छाड्ने प्रतिवद्धता नै हो ।

म अब कुनै पनि हालमा धूमपान गर्दिन भनेर मनदेखि प्रण गर्ने हो भने केही हदसम्म यसबाट टाढा रहन सकिन्छ । तर पनि आदत हटाउन भने निकै गाह्रो पर्नसक्छ । त्यस्तो अवस्थामा केही कुराको सेवन गर्नुभयो भने धूमपानको तलतल कम गर्न सहयोग पुग्छ । तब तपाईं वास्तवमै भधूमपानबाट टाढा रहन सक्नुहुन्छ ।

जौको चिउरा
जौले शरीरमा हुने घातक विषाक्त पदार्थ बाहिर निकालेर धूमपानको चाहना कम गर्न मद्दत गर्छ । धूमपान छोडेपछि हुने असहज परिस्थितिलाई कन्ट्रोल गर्न पनि यसले भूमिका खेल्छ ।

पानी

शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पानी निकै नै महत्वपूर्ण हुन्छ । खाना खानुभन्दा १५ मिनेट अघि एक गिलास पानी पिउँदा शरीरमा एसिडको मात्रा नियन्त्रित हुन्छ । यसले धूमपानको चाहना कम गर्दछ । थोरै थोरै गर्दै दिनभरी नै पानी पिउनु आवश्यक हुन्छ ।

अंगुरको बियाँ

अंगुरको बियाँको रस बनाएर सेवन गर्दा शरीमा एसिडिटीको मात्रा कम गर्छ । यसले धूमपानका कारण शरीरमा पुगेको क्षतिपूर्ति गर्ने काम गर्दछ ।

मह

महमा भिटामिन, एन्जाईम र प्रोटिन हुन्छ । नियमित मह सेवन गर्दा सजिलैसँग धूमपानको आदतबाट छुटकारा पाउन मद्दत मिल्छ । दिनहुँ शुद्ध मह सेवन गर्दा सकारात्मक नजिता प्राप्त हुन्छ ।

मुला

मुला खानाले ‘चेन स्मोकर्स’ले समेत लतबाट छुटकारा पाउन सक्छन् । अझ महसँग मिलाएर खाएमा छिट्टै राम्रो नतिजा प्राप्त हुन्छ ।

रातो खुर्सानी

रातो खुर्सानीले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउने काम गर्छ । यसले धूमपानको चाहनालाई पनि कम गरिदिन्छ । पिसेको रातो खुर्सानी तरकारीमा मिसाएर खाएमा तुरुन्त चुरोटको लत कम गर्छ । यसको प्रभाव लामो समयसम्म पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि