विमानस्थलको टावर कन्ट्रोल रुम र पाइलटबीच नियमित संवाद हुँदाहुँदै विमान दुर्घटनामा परेको बताइएको छ । विमानस्थलको कन्ट्रोल रुमबाट बाहिरिएको गोप्य संवादमा पाइलटको विमानस्थलसँग नियमित सम्पर्क भइरहेको देखिन्छ । तर, चालकले कन्ट्रोल रुमको निर्देशन पालना नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।
टावर कन्ट्रोल रुमसँग सम्पर्क हुँदा पाइलटले विमानमा कुनै पनि समस्या नरहेको बताएका थिए । विमानलाई दक्षिणतर्फको एप्रोचबाट ल्यान्डिङका लागि अनुमति दिएको थियो । तर, चालकले विमानलाई दक्षिणबाट नभई उत्तरतर्फबाट अवतरण गराउन प्रयास गरेका थिए ।
‘दक्षिणबाट अवतरण गर्नुपर्ने विमान उत्तरतर्फ लागेपछि कन्ट्रोल रुमले विमानमा समस्या देखिएको हो कि भनेर सोधेको थियो’, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक गौतमले भने, ‘चालकले जहाज सामान्य अवस्थामै रहेको जवाफ दिए ।’ कन्ट्रोल रुमले पनि जहाज अवतरण गराउन उत्तर-दक्षिण दुवै एप्रोचबाट सुविधा दियो । तर, विमान धावनमार्गभन्दा बाहिर पूर्वतिरको भागमा दुर्घटना हुन पुग्यो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द