July 19, 2018

यसरी प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त

 बिराटनगर, साउन ३ । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबार आवहान गरेको देशव्यापी स्वास्थ्य संस्था बन्द कार्यक्रमको विरोधमा बिरामी र बिरामीका आफन्तले बिराटनगरमा प्रदर्शन गरेका छन् ।
बिराटनगरको कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले बन्दको विरोधमा दिउँसो करिव एक घण्टा प्रदर्शन गरेका हुन् ।

‘अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन, स्वास्थ्य सस्था बन्द मुक्त घोषणा कार्यान्वयन गर, भयरहित वातावरणमा बिरामीले उपचार गराउँन पाउँने अधिकार सुनिश्चित गर’ लगायत नारा लगाउँदै अस्पताल अगाडी प्रदर्शन गरिएको हो ।

बन्दको बिरोधमा नोबेल अस्पताल अगाडी प्रदर्शन गरिदै

प्लेकार्ड र बिरामी दर्ता पुर्जासहित दर्जनौंको संख्यामा निश्किएका बिरामी र बिरामीका आफन्तले अस्पतालको मुलगेट अगाडी दिउँसो १२ बजेदेखि करिब एक घण्टा प्रर्दशन गरेका थिए ।

लाठिसहित उत्रिए बिरामीका आफन्त

अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी स्वरुप बिरामीका आफन्तले लाठिसहित प्रदर्शनसमेत गरेका छन् । नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारी प्रदर्शन गरेका हुन् । बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिएका हुन् ।

बन्दको बिरोधमा लाठिसहित निश्कएका बिरामीका आफन्तहरु

यसैबीच नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंसिक मात्र प्रभाव देखिएको छ । नोबेल शिक्षण अस्पताल, बिराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

          बन्दको बिरोधमा लाठिसहित निश्कएका बिरामीका आफन्तहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)