यसरी ट्रोलको सिकार बन्दैछन् नेयमार , मेस्सी र रोनाल्डो !

रसियामा जारी विश्वकप फुटबल सुरु हुनुभन्दा अघिदेखि नै सामाजिक सञ्जालमा विभिन्न खाले ट्रोल तथा हँसिमजाक सुरु भएको थियो । अहिले टिम, खेलाडी हुँदै समर्थकको समेत ट्रोल बन्न थालेका छन् । 

2056750867neymar-4

विश्वकप फुटबलको क्वार्टरफाइनलको खेल शुक्रबारदेखि सुरु हुँदैछ । अहिलेसम्म विश्वकप र खेलाडीले गरेको प्रदर्शन तथा क्रियाकलापका बारेमा सामाजिक सञ्जाल मज्जाले तातिएको छ । यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतमा विश्वकपसँग जोडिएर खेलाडीको ट्रोलले माहोल तताइरहेको छ ।

विश्वकप सुरु हुनुअघि नै ट्रोल

सामाजिक सञ्चालमा विश्वकप सुरु हुनुभन्दा अघिदेखि नै टिम, खेलाडीको बारेमा ट्रोल बन्न थालेका थिए । विशेषगरी जर्मनी, पोर्चुगल, ब्राजिल, अर्जेन्टिना लगायतका टिमको बारेमा र केही खेलाडीको बारेमा ट्रोल बने ।

समूह चरणबाटै बाहिरिएका विश्वविजेता जर्मनीको बारेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको ट्रोलले पनि सामाजिक सञ्जालमा खुबै स्थान पायो । त्यसो त संयोगै मान्नुपर्छ, विराट कोहलीले सपोर्ट गरेको टिम जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो । जर्मनी बाहिरिनुभन्दा अघि नै यो ट्रोल बनेको थियो ।

सबैभन्दा बढी ट्रोल नेयमारको
 

जारी विश्वकप फुटबलमा ब्राजिलियन खेलाडी नेयमार सबैभन्दा बढी विवादित बने । समूह चरणको पहिलो खेलमा कोष्टारिकाविरुद्ध मैदानमा उत्रिएका नेयमारको आलोचना त्यहीँबाट सुरु भएको थियो भने सामाजिक सञ्जालमा ट्रोल पनि सुरु भएको थियो ।

नेयमार सबैभन्दा बढी विवादित प्रिक्वाटरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा बने । नेयमार मैदानमा लडेपछि उनीसँगै भएको बल मेक्सिकोका खेलाडीले खोस्न लाग्दा खुट्टामा टेकेका थिए । त्यसपछि नेयमारले आफूलाई निकै गाह्रो हुने गरी टेकेको भन्दै लडिबुडि गरेका थिए । यहि विषयलाई लिएर मिडिया, सामाजिक सञ्जालमा चर्चा भइरह्यो ।

यस विषयलाई लिएर नेयमारको बारेमा विभिन्न ट्रोल बनेको हो ।

लियोनल मेस्सी 
 

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सीको ट्रोल पनि सामाजिक सञ्जालमा भइरल बन्यो । अर्जेन्टिना र आइसल्यान्डले समूह चरणको पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दा कप्तान मेस्सीले पेनाल्टी मिस गरेका थिए । सामाजिक सञ्जालमा ट्रोल बनाउनेले मेस्सीलाई मिस पेनाल्टी भन्दै ताजसम्म पहिर्याउन भ्याए । अर्जेन्टिना प्रिक्वाटफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुँदा मेस्सीको निकै ट्रोल बनेको थियो ।

त्यसो त समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्दा पनि बाहुबलीको रुपमा मेस्सीको ट्रोल बनेको थियो ।

क्रिष्टियानो रोनाल्डो
 

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको ट्रोलले पनि सामाजिक सञ्जालमा निकै स्थान पायो । मेस्सीका समर्थकले रोनाल्डोकोे र रोनाल्डोका समर्थकले मेस्सीको कमीकमजोरी केलाउँदै पनि ट्रोल बनाए । समूह चरणको अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दा रोनाल्डोले पनि पेनाल्टी मिस गरेका थिए । मिस पेनाल्टी भन्दै रोनाल्डोलाई पनि ट्रोल बनाउनेले ताज लगाइदिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित