May 25, 2017

यसरी गर्न सकीन्छ माटोबिना पनि तरकारी खेति

u-3-300x186काठमाण्डौ । विश्वभर शहरीकरण तीव्र भएसँगै अर्बान फार्मिङको चलन निकै बढ्न थालेको छ । घरको छतमा, पार्किङ एरिया वा कुनै खालि ठाउँको प्रयोग गरी सागसब्जीको खेती गर्न थालिएको छ । यस्तो काम एक खास टेक्निकको प्रयोगबाट संभव हुन्छ । यो विधिमा मात्र २ सय वर्गफुट जति सानो क्षेत्रमा सागसब्जी उत्पादन गरिन्छ । जानकारहरुका अनुसार एकपटकको करिब डेढ लाख रुपैयाँ लगानीबाट तपाईले बर्षेनी २ लाख भन्दा बढी आम्दानी गर्न सक्नुहुन्छ ।

यो टेक्निकको मुख्य विशेषता भनेको यसमा माटोको प्रयोग नहुनु हो । यो तरिकामा बिरुवालाई अत्यावश्यक पोषक तत्व पानीको साहाराबाट सोझै बिरुवाको जरासम्म पुर्याइन्छ । टेक्निकल भाषामा यो विधिलाई हाइड्रोपोनिक्स भनिन्छ ।

माटोबिना नै छतमा सागसब्जी फलाउने अनौठो प्रविधि, आम्दानी वार्षिक २ लाख बढी

के हो यो प्रविधि ?
यो प्रविधिमा माटोको प्रयोग बिना नै सागसब्जीको खेती गरिन्छ । यसमा बिरुवालाई चाहिने पोषक तत्व पानीको माध्यमबाट जरासम्म पुर्याइन्छ । बिरुवा एक मल्टि लेयर फ्रेमको साहारामा राखिएको पाइपमा उम्रिन्छ र यसको माध्यमबाट पाइपभित्र पोषक तत्वबाट भरिएको पानीमा जरा छाडिन्छ ।

हाइड्रोपोनिक्स एक प्रविधि हो, जसलाई अलग–अलग तरिकाबाट प्रयोगमा ल्याउन सकिन्छ । तपाईले यो सिस्टमलाई आफ्नो स्तर अनुसार समेत प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो क्षेत्रमा काम गरिरहेका कतिपय कम्पनीहरुले यो प्रविधिको प्रयोगबाट तपाईलाई आवश्यक हुने सौखको गार्डेनदेखि लिएर व्यापारिक प्रयोजनको हिसाबबाट हुने खेतीपातीका लागि समेत प्रयोग गर्न तपाईलाई सघाउन सक्छन् ।

यो प्रविधिमा काम गरिरहेको एक भारतीय कम्पनी ‘हमारी कृषि’को वेबसाइटका अनुसार उत्पादनका लागि आवश्यक एयरोपोनिक फ्रेम र टावर गार्डेन पहिला व्यवस्थापन गर्नुपर्छ । कम्पनीले बनाउने एक २ मिटर उचाईको टावरमा ४० बिरुवा लगाउन सकिन्छ । कम्पनीका अनुसार करिब ४०० बिरुवा रोप्न मिल्ने १० टावरको लागत १ लाख ५० हजारको हाराहारीमा आउँछ । यो मूल्यमा टावर, सिस्टम र जरुरी पोषक तत्व समेत सामेल छ । यदि यो सिस्टमलाई सही ढंगले प्रयोग गरियो भने त्यसपछि बिज र आवश्यक केही पोषक तत्वमा मात्र सामान्य खर्च आउँछ ।

यो १० टावर तपाईको छतमा १५० देखि २ सय वर्गफुट क्षेत्रमा सहज ढंगले खडा गर्न सकिन्छ ।

विज्ञहरुका अनुसार यो प्रविधि मानिसलाई रोजगारी दिने राम्रो उपाय हो । किनभने परम्परागत कृषि प्रणालीको तुलनामा यो प्रविधिमा राम्रो आम्दानी हुन्छ ।

पहिलो वर्ष टावर तथा संरचना तयार गर्न खर्च भए पनि दोश्रो बर्षदेखिको आम्दानी अझ बढ्नेछ । कारण, त्यसबेला बिज, बिरुवाका लागि आवश्यक पोषक तत्वका लागि मात्र खर्च हुनेछ । त्यसपछि प्रत्येक वर्ष सानो लगानीमा २ लाख बढी आम्दानी लिन सकिन्छ ।

यो टेक्निकबाट नियन्त्रित माहौलमा खेती हुन्छ । यसकारण अक्सर किसानले हाइड्रोपोनिक्सको माध्यमबाट यस्तो सागसब्जीको उत्पादन गर्छन, जसको बजार मूल्य निकै धेरै हुन्छ । यो प्रविधिमा पानी, फर्टिलाइजर, किटनाशकको खपत ५० देखि ८० प्रतिशतसम्म कम हुन्छ । यो टेक्निकबाट उत्पादन समेत ३ देखि ५ गुणासम्म वृद्धि हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको