सामान्यतय पुरुषहरुले आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेको हामीले देख्दै आएका छौं तर अहिले आएर त्यो सोचमा परिवर्तन आएको छ । अहिले पुरुषहरु आफुभन्दा धेरै उमेर भएका महिलाहरुसँग वैवाहिक सम्बन्ध राख्न चाहन्छन् ।यसका पछाडि धेरै कारणहरु छन् जसमा पुरुषहरुको भावना र सुझबुझले काम गरेको पाइन्छ । अहिलेका प्रत्येक पुरुषहरु आफ्ना श्रीमतीहरु जिम्मेवार र आत्मनिर्भर होस् भन्ने चाहन्छन् । घरदेखि लिएर बाहिरका कामहरुमा पनि श्रीमतीले आफ्नो साथ दिउन् भन्ने उनीहरुको चाहना हुन्छ । यसकारण उनीहरु जिम्मेवारीको बोझ उठाउन नसक्ने आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेर समस्या उठाउन चाहँदैनन् ।
धेरै उमेरका महिलाहरुमा अनुभवसँगै आत्मविश्वास पनि भरपूर हुन्छ । विवाह ढिलो हुने महिलाहरुले जीवनका तमाम संघर्षहरुसँग एक्लै लडेका हुन्छन् भन्ने विश्वास पुरुषहरुमा हुन्छ । एक अनुसन्धानले ढिलो विवाह गर्ने महिलाहरुको वैवाहिक जीवन कम उमेरमा विवाह गर्ने महिलाको भन्दा दीर्घकालिन र सुखी हुने बताएको छ ।
त्यसैले अधिकांश पुरुषहरु आफ्ना सिनियर पदका महिलाहरुसँग प्रेम सम्बन्धमा रहेको पाइन्छ ।धेरै उमेरका महिलाहरुले आफ्नो जीवनसाथीलाई समस्यामा भावनात्मक सहयोग पुर्याइरहेका हुन्छन् । जब कम उमेरकी श्रीमतीले सहयोगको सट्टामा श्रीमानहरुबाट नै त्यस्तो सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले पुरुषहरु कम उमेरकी महिलाहरुसँगको वैवाहिक जीवनमा जटिल अवस्थाहरुमा धेरै एक्लोपन महसुस गर्ने गर्छन् ।
हरेक पुरुषहरु आफ्नो श्रीमतीमा आफ्नो आमाको छायाँ देख्न चाहन्छन् । पुरुषहरु श्रीमतीबाट आमाजस्तै निस्वार्थरुपले प्रेम स्याहार गर्ने श्रीमती चाहन्छन् जुन उनीहरुले आफुभन्दा धेरै उमेरका महिलाहरुमा पाइरहेका हुन्छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।