यो बर्षकै पहिलो सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ काठमाण्डौका केही हलमा अझै पनि चलिरहेको छ । काठमाण्डौको अष्टनारायण हलमा ५१ दिनसम्म चलेको यो चलचित्र गोपिकृष्ण र गुणमा ६३ दिन पुग्दा पनि प्रदर्शन भैरहेको छ ।
चलचित्रले ५१ दिन मनाएको अवसरमा सेलिव्रेशन गर्ने प्रचलन खुबै छ । तर, निर्देशक सुदर्शन थापा र उनको टिमले ‘म यस्तो गीत गाउँछु २’ बनाउने घोषणा गरिसकेका छन् । तर, बर्षकै पहिलो सुपरहिट चलचित्रको सेलिव्रेशन गरेनन् ।
नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रले बम्पर व्यापार गरेको थियो । चलचित्र रिलिज भएको ठ्याक्कै २ महिनापछि पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ हलमा आजबाट रिलिज भएको छ ।
कतै निर्माणपक्षले चलचित्रको सय दिने सेलिव्रेशनको तयारी त गरिरहेको छैन ? निर्देशक सुदर्शन थापा भन्छन्-‘हामी विशेष कार्यक्रम आयोजना गर्छौ । तर, त्यो ७५ दिनमा वा सय दिनमा पनि हुनसक्छ । पछि जानकारी दिनेछौ ।’
चलचित्र रिलिज भएको केही सातापछि तराइमा बाढी गएको थियो । नायिका पूजा शर्मा र उनको टिमले १ लाख भन्दा बढीको सामाग्री लगेर चितवनका बाढी पिडितलाइ राहत वितरण गरेकी थिइन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।