म्याद नथपे आजदेखि भंग हुँदै नेविसंघ

काठमाडौं, माघ २ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ विघटनको संघारमा पुगेको छ। विधानअनुसार दुई वर्षभित्र महाधिवेशन गर्न नसकेर नेविसंघ स्वत: भंग हुन लागेको हो।

११ औं महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महर नेतृत्वको १६५ सदस्यीय नेविसंघ केन्द्रीय कार्यसमितिको म्याद बुधबार रातिदेखि सकिँदैछ।

दुई वर्ष पाँच महिना अवधिमा महर नेतृत्वको नेविसंघले देशभर छ लाख नयाँ सदस्यता विस्तार गरेको जनाएको छ।

दुई पटकसम्म आफैंले तय गरेको कार्यतालिकाअनुसार हिँड्न नसक्दा नेविसंघ विघटनको संघारमा पुगेको हो।

नेविसंघ विधानअनुसार हरेक दुई वर्षमा महाधिवेशन गर्नुपर्छ। गत भदौ २ गते नै नेविसंघको कार्यकाल सकिएको थियो।

महाधिवेशन गराउन पहिले तीन महिना र पछि दुई महिना थपिएको समय बुधबादेखि सकिएको छ।

नेविसंघको महाधिवेशन गर्न छ महिना समय चाहिने भए पनि पार्टीले दुई महिना मात्रै समय दिएकोले पुस २८ देखि महाधिवेशन गर्न नसकिएको महामन्त्री कुन्दनराज काफ्लेले बताए।

नेविसंघ आजदेखि स्वत: भंग हुँदै छ अब के हुन्छ? महामन्त्री काफ्ले सबै कुरा पार्टीमा निर्भर हुने बताउँछन्।

‘कि अहिले हामीलाई विघटन गर्नुस् कि छ महिना समय दिनुहोस् भनेका थियौं। पार्टीले दुई महिना मात्रै समय दियो,’ काफ्लेले भने, ‘१६ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व आइसक्यो।’

देशैभर अधिवेशनको माहोल तयार भएकोले अधिवेशन गर्न दिनुपर्ने पनि उनले बताए। ‘महाधिवेशनका लागि ६० प्रतिशत काम सकेको बेला पार्टीले महाधिवेशन गर्ने वातावरण तयार गरिदिनुपर्छ,’ उनले भने।

अहिलेकै कार्यसमितिलाई महाधिवेशनसम्म म्याद थप गर्न पार्टी तयार हुनुपर्ने उनले बताए।

‘विश्वस्त छौं, पार्टीले महाधिवेशन गर्ने वातावरण तयार गर्छ,’ उनले भने।

विधानमा ३२ वर्ष उमेरहद लागू गर्ने/नगर्ने, हिमाली भेगमा हिमपातले गर्दा अधिवेशन गर्न नसक्नु तथा हिउँदे बिदाले क्याम्पसमा अधिवेशन गर्न नसक्दा तोकिएको मितिमा महाधिवेशन नभएको उनले बताए।

नेविसंघका प्रवक्ता प्रेम जोशीले सभापति महर नेतृत्वको कार्यसमितिको गम्भीर समीक्षा गरेर मात्रै म्याद थप्नुपर्ने बताए।

‘यही कार्यसमितिलाई महाधिवेशनसम्म म्याद थप गर्ने वा महाधिवेशन आयोजक समिति बनाएर अघि बढ्ने यी विकल्पमा छलफल गर्नुपर्छ,’ उनले भने।

 पछिल्लो दुई महिना आफूहरूले महाधिवेशनका लागि राम्रो काम गरे पनि संगठनभित्र एक ढिक्का भएर काम गर्ने वातावरण नहुँदा कार्यतालिका अनुसार अघि बढ्न नसकिएको उनले बताए।

नेविसंघमा पार्टीकै जस्तो शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट छ। सभापति देउवा पक्षका सात जना नेविसंघका नेता तथा पौडेल पक्षका ४५ जनाले यसअघि नै राजीनामा दिइसकेका छन्।

कांग्रेसले नेविसंघबारे छलफल गर्न माघ १० गते केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। नेविसंघले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई भेटेर महाधिवेशनको वातावरण तयार गरिदिन आग्रह गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक