मौसम विभागमा राजनीतिक मौसम बदलिको तनाव

weather-department

लामो समय जलस्रोत मन्त्रालयमा समेटिएको विभाग कहिले विज्ञान, कहिले वातावरण मन्त्रालय हुँदै हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गाभिएको छ । गत फागुन दोस्रो सातादेखि विभाग ऊर्जा मन्त्रालयमा गाभिएको हो । अधिकांश हवाई दुर्घटनाको कारण मौसम र मौसमजन्य सूचनासँग जोडिन्छ । मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषणका लागि कार्यक्षेत्र विभागलाई तोकिएको छ ।

यो विषयसँग कुनै तालमेल नहुने ऊर्जा मन्त्रालय मातहत विभाग गाभिएपछि सो निकायका कर्मचारी अन्योलमा परेका छन् । तर विभागको क्षमता अभिवृद्धि तथा कार्यसम्पादन कुन मन्त्रालय मातहत समेट्ने भन्ने टुङ्गो नहुँदा व्यावहारिक कठिनाइ थपिएको छ ।

विभाग अझै कुन मन्त्रालयमा गाभिने हो, कार्यक्षेत्र के कस्तो तोकिने हो भन्नेमा अन्योल रही रहँदा कामकारबाही प्रभावित हुने विभागका अधिकारीहरु बताउँछन् ।

ऊर्जा मन्त्रालयले जल र मौसम दुवैलाई आफू मातहतमा जोडबल गरेको छ भने विभागका गतिविधि आफ्नो मन्त्रालयसँग मेल खाने प्रकृतिका भएको ठहर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छ ।
‘हामी त दुई मन्त्रालयको हानथापमा प¥या छांै, अब फेरि कुन दिन कुन मन्त्रालयमा गाभिनुपर्ने हो टुङ्गो छैन’ –विभागका एक अधिकारीले भने । नेपाल समाचारपत्र दैनिकमा टीका बन्धनले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण