काठमाडौं, ६ माघ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशको पूर्वी भूभागमा सामान्य बदली रहेको र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबार राति देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । उच्च हिमाली भेगमा हल्का हिमपात हुने साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो समेत रहने भएकोले चिसोबाट बच्न मौसमविद्ले अनुरोध गरेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू