काठमाडौं, २९ चैत – मौसम परिवर्तनसँगै मौसमी रुघाखोकी इन्फ्लुएन्जाका कारण बिरामी हुनेहरुको भिडभाड मुलुकका विभिन्न अस्पतालहरुमा देखिने क्रमसुरु भएको छ । विशेषगरी जाडो मौसम र गर्मीयाम सुरु हुने क्रममा देखिने मौसमी रुघाखोकीबाट लाखौ नेपाली प्रभावित हुन्छन् ।
तर मौसमी रुघाखोकीको प्रमुख कारण मानिने इन्फ्लुएन्जा नियन्त्रणको खोप नीति भने सरकारसँग छैन । राजधानीको मध्य भागमा रहेको वीर अस्पतालमा मौसम परिवर्तनसँगै बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीमा लामो समय ज्वरो आउने, घाँटी दुख्ने, श्वास फेर्ने गाह्रो हुने, खोकी लाग्ने लक्षण देखिन्छ ।
मौसम परिवर्तनसँगै मौसमी रुघाखोकीका कारण नेपालमा हरेक बर्ष १ करोड मानिस प्रभावित हुने गरेको सरुवा रोग नियन्त्रण महशाखाको तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झण्डै ४ अर्ब मानिस मौसमी रुघाखोकीका कारण प्रभावित हुने गरेका छन् ।
औषधी उपचारले मात्रै नियन्त्रण गर्न नसकिने इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले निष्कर्ष निकालेको छ । महाशाखाका निर्देशक डा.केदार सेन्चुरीका अनुसार खासगरी बच्चा, वृद्ध, दीर्घ रोगी, अंग प्रत्यारोपण गरेका व्यक्तीहरुलाई खोप लगाउनुपर्ने हुन्छ । विशेषगरी बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई यसले बढी असर गर्छ ।
रोग नियन्त्रण महाशाखाले खोप ल्याउने आवश्यकता ठानेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नै फैलि नसकाले त्यसको जरुरत ठानेको छैन । नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता महेन्द्र श्रेष्ठ भन्छन्, ‘यसका लागि खोज कार्यक्रम नै ल्याउने भन्ने विषय हाम्रो प्राथमिकतामा परेको छैन । यस सम्बन्धि अध्ययन भएको छैन, बजेट विनियोजन पनि भएको छैन ।’
श्रेष्ठका अनुसार महामारीका बेला मात्रै खोप प्रयोग गर्ने गरिएको छ । अन्य समयमा खोपको आवश्यकता पर्ने महसुस भएको छैन । तथ्याङअनुसार मौसमी रुघाखोकीका कारण हरेक वर्ष ४० देखि ५० जनाको मृत्यु हुन्छ । जाजरकोटमा यसै बर्ष महामारीका रुपमा देखिदा १७ जनाको मृत्यु भएको थियो ।
प्रभावितहरु बर्षेनि बढ्दो क्रममा छन् । इन्फ्लुएनजा प्रभावित भएर लगाउनुपर्ने खोप सरकारसँग छैन । निजी अस्पतालमा लगाउने गरिन्छ । एक डोजको १५ सय रुपियाँ पर्छ । नागरिकले मौसमी रुघाखोकीकै लागि हरेक बर्ष अरबौ रुपियाँ खर्च गर्नुपर्ने बाध्यता छ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि