मौलाएको भू–माफियातन्त्रः सरकारी जमिनमा शहर

कहिले प्रधानमन्त्रीनिवास बालुवाटार त कहिले विभिन्न सार्वजनिक स्थानका जग्गा हडपेर आफ्नो बनाई बिक्री गरेर देशभर आतङ्क फैलाएका भू–माफियाहरूले मुगुमा पनि आतङ्क मच्चाउन थालेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा वीरबहादुर बमले लेखेका छन् । 

उनीहरूले मुगुको पश्चिम भेगस्थित खत्याड गाउँपालिकामा रहेको मार्थिचौरको सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी घर बनाएका हुन् । स्थानीयबासीका अनुसार ती भू–माफियाहरूले पछिल्लो केही समययता बाँकी रहेका ती जग्गा जग्गा धमाधम खरिदबिक्री गरेका छन् ।

नापी कार्यालय मुगुको तथ्याङ्कअनुसार साविकको श्रीकोट गाविस–६ मा रहेको हालको खत्याड गाउँपालिका–५ मार्थिचौर भन्ने स्थानमा रहेको उक्त जग्गा सरकारी हो । २०५०÷२०५१ को एकोहोरो नापीअनुसार उक्त जग्गाको क्षेत्रफल १५ हजार ७ सय ९७ दशमलव ५० वर्ग्मिटर रहेको कुरा सरकारी कागजमा स्पष्ट उल्लेख छ ।

नापी कार्यालय र मालपोत कार्यालयका अनुसार तीमध्ये धेरैजसो जग्गामा ५१ वटाभन्दा बढी घर बनाई ती जग्गामा बजार बसाउन लागिएको छ ।स्थानीयबासीहरूबीच कुरो नमिल्दा २०५०÷२०५१ भन्दा अघिदेखि नै उक्त जग्गा नापी हुनसकेको थिएन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण