नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताउनुभयो ।
मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुधारका लागि भन्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्था ऐन २०७३ लाई आवश्यक संशोधन गर्ने जनाइएको छ ।
त्यसैगरी पूर्वाधार विकास बैंकको स्थापना र सञ्चालनको लागि आवश्यक नियमन, निरीक्षण र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था तर्जुमा गरिने कुरा मौद्रिक नीतिमा उल्लेख छ ।
सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा पु¥याउने लक्ष्य लिएको छ ।
त्यसैगरी उपभोक्ता मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखिएको छ। आर्थिक वृद्धिको उक्त लक्ष्य प्राप्त गर्नका लागि सहजीकरण गर्न रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालनमा मौद्रिक नीतिले जोड दिएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।