April 16, 2017

‘मोर्चासहित दुई चरणमा निर्वाचन’ : कांग्रेसले मोर्चालाई सहमतिमा ल्याउने

बैशाख ३, काठमाडौ – कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले वैशाख ३१ का लागि तय चुनाव स्थगन नगरी प्रदेश नम्बर २ र ५ मा दोस्रो चरणमा चुनाव गर्ने निष्कर्ष निकालेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘मधेसी मोर्चासँग वार्ता गरेर दोस्रो चरणमा मधेसमा चुनाव गर्ने गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्ने वातावरण बनाउने निष्कर्ष बैठकले निकालेको छ’, बैठकमा सहभागी केन्द्रीय सदस्य महेन्द्र यादवले भन्नुभयो, ‘त्यसका लागि कांग्रेस नेतृत्वले मोर्चासँग वार्ता गरेर सहमतिमा ल्याउन पहल गर्ने सहमति भएको छ ।’

यसअघि कांग्रेसका मधेसी सांसद र केन्द्रीय सदस्यले नै मधेसमा दोस्रो चरणमा चुनाव गर्न नहुने धारणा व्यक्त गर्दै आएका थिए । मधेसी मोर्चाले सरकारले संसद्मा पेस गरेको पाँचबुँदे संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउँदै चुनाव बहिष्कार गर्ने निर्णय गरेपछि कांग्रेस लचिलो भएको हो । बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन तत्काल वार्ताको पहल गर्ने निर्णय गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवाले मधेसप्रति आफू संवेदनशील भएको बताउँदै मधेसी मोर्चासँग तत्काल वार्ताको पहल गरी समस्या समाधान गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

‘मधेसको समस्या समाधान गर्नेमा म प्रस्ट छु’, देउवाले बैठकमा भन्नुभयो, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउँछु ।’ बैठकमा वैशाख ३१ का लागि तोकिएको स्थानीय चुनावलाई पहिलो चरणमा गरी दोस्रो चरणमा प्रदेश नम्बर २ र ५ मा चुनाव गर्ने गरी निर्णयमा पुग्न सकिने धारणा अधिकांशले व्यक्त गरेका थिए । बैठकले मधेसी मोर्चालाई वार्ताका लागि आह्वान पनि गरेको छ । ‘मधेसी मोर्चालाई सहमतिमा आउन वार्ताका लागि बैठकले आह्वान गरेको छ’, यादवले भन्नुभयो ।

केन्द्रीय सदस्य यादव, फरमुल्ला मन्सुर, रमेश रिजाल, जिल्ला सभापति उमेश यादवलगायतले मधेसी मोर्चासँग सहमति गरेर दुई चरणमा चुनाव गर्नुपर्ने बताउनुभएको थियो । कोषाध्यक्ष सीतादेवी यादवलगायत केहीले भने दुई चरणमा नभई केही समय पर सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा अधिकांशले वर्तमान सरकार गठन हुँदा मधेसको असन्तुष्टि समाधान गर्ने लिखित सहमति गरिएको स्मरण गराउँदै सहमति गरेर मात्रै मधेसमा चुनावमा जानुपर्ने धारणा राखेका थिए । ‘

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी