मोरक्कोको बलियो डिफेन्समाथि हावी हुने दाउमा ईरान

ईरान एसियाली फुटबलमा चर्चित एवं ठूलोमा गनिन्छ । शुक्रबार समूह ‘बी’ अन्तर्गत ईरान र अफ्रिकी देश मोरक्को भिड्दैछन् । मोरक्को अहिले मनोवैज्ञानिक हारको अवस्थामा छ । सन् २०२६ को विश्वकप आयोजना गर्ने होडमा थियो । तर, अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने भएपछि मोरक्को चिन्तित छ । यसबीच टीमको समग्र प्रदर्शनमा केही प्रभाव पार्ने फुटबल पण्डितहरुले अनुमान गरेका छन् ।

ईरान विजयी शुरुआत गर्न चाहन्छ


एसियाली राष्ट्र ईरान आफ्नो निलम्बित खेलाडी सईद एजातोलाही बिना मैदानमा उत्रनेछ । त्यस्तै उसलाई मेहदी तारेमी र अशकान देजागाहको चोटको पनि चिन्ता छ । उता मोरक्को टीमले आफ्ना खेलाडी नाबिल दिरारले फिटनेस परीक्षण पास गरोस् भन्ने चाहना राखेको छ ।  ईरानले पाँचौं पटक विश्वकपको यात्रा तय गरेपनि समुह चरणबाट माथि उक्लन सकेको छैन । ईरान कठिन समुहमा छ । उसको समूहमा पोर्चुगल र स्पेनजस्ता ठूला टीमहरु  छन् । समुह चरण पार गर्न ईरानले आज मोरक्कोलाई पराजित गर्दै स्पेन र पोर्चुगलसँग संघर्ष गर्नुपर्ने हुन्छ ।

मोरक्कोलाई आफू बलियो भएको सावित गर्ने मौका


मोरक्कोले बीस वर्षपछि आफूलाई सावित गर्ने मौका पाएको छ । मोरक्कोसँग यो आशा रहनेछ कि ईरानमाथि जीत हासिल गर्दै दुई शीर्ष टोलीसँग डटेर सामना गर्ने र नतिजा आफ्नो पोल्टामा पार्ने । मोरक्कोले एक गोल पनि नखाई विश्वकपको यात्रा तय गरेको थियो । मोरक्कोको डिफेन्स निकै नै बलियो छ । मोरक्कोले १८ म्याचमा लगातार जीत हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले