मोबाइल चोरले पत्र लेखेरै सिम र मेमोरीकार्ड फिर्ता गरे

गत माघ २३ गते सुनसरीको धरानमा अवस्थित भैरव आङ्लाको घरबाट उनकी श्रीमती टिनाको सामसुङको जे १ मोबाइल चोरी भयो । मोबाइल कसले चोर्यो भन्ने अत्तापत्तो भएन ।

SimCard

तर त्यसको चार दिनपछि माघ २७ गते आईतबार बिहान घरको गेटमा एउटा सानो कागजको टुक्रा फेला पर्यो । उक्त कागजको टुक्रामा ‘आइ एम सरी मिस टिना, रियल्ली सरी । भेटेर दिएको है ।’ लेखिएको रहेछ । कागजको टुक्रासँगै त्यहाँ मोबाइलको सिम र मेमोरीकार्ड समेत थियो ।

यस्तो अपत्यारिलो घटना भएपछि आङ्ला दम्पत्ती छक्क परे । त्यसलगत्तै आङ्लाले फेसबुकमा पोष्ट गरे, ‘चोरले मोबाईल हराए पनि यी दुईचिज फर्काएछ । चोरलाई धन्यवाद ! यसैगरी मोबाइल पनि फर्काइदिन बिन्ति छ ।’

आङ्लाको यो पोष्ट पढेर चोरले मोबाइल फर्काउला, नफर्काउला त्यो भने भोलिका दिनमा नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी