November 29, 2019

मोटरसाइकल ओभरटेक गरेको निहुँमा कुटपिट गरी हत्या !

Image result for मोटरसाइकल ओभरटेक गरेको निहुँमा कुटपिट गरी हत्या !कञ्चनपुर, १३ मंसिर ।  मोटरसाइकल ओभरटेक गरेको निहुँमा एकजना युवकलाई कुटपिट गरी हत्या गरिएको छ ।

मोटरसाइकल ओभरटेक गरेको भन्दै महाकाली नगरपालिका ३ का २२ वर्षीय दीपक पन्तलाई ५ जनाले कुटपिट गरी हत्या गरेका हुन् ।

महेन्द्रनगरबाट दोधाराचाँदनी जाने क्रममा मोटरसाइकल ओभरटेक गरेको भन्दै भीमदत्त नगरपालिका–१५ गोबरैयामा चार जनाले पन्तलाई चक्कु र हेलमेटले कुटपिट गरेको मृतकका आफन्तले बताएका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएका पन्तको भारतको खटिमास्थित अस्पतालमा मृत्यु भएको हो । घटना लगत्तै प्रहरीमा खबर गर्दा समेत प्रहरी घटनास्थलमा नपुगेको आफन्तको गुनासो छ । घटनाको २४ घण्टापछि मुचुल्का उठाइरहेको भन्दै प्रहरीको लापरवाहिले पन्तको ज्यान गएको आरोप लगाएका छन् ।

बाबुसँगै घर फर्किरहेका दिपकमाथि भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारले कुटपिट गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न