मोटरसाइकलको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु

जुम्ला, २९ पुस – मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।dead-bodyउनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला अघि क १ प ४९ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी गिरीको उपचार गर्ने शर्तमा चन्दननाथ नगरपालिका–६ जुम्लाका १९ वर्षीय चालक टेकेन्द्र रोकायालाई प्रहरीले छोडेको थियो ।

घाइते गिरीको स्वास्थ्यमा सुधार नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शुक्रबार नेपालगञ्ज रिफर गरेको थियो । रिफर गरिएकी गिरीलाई नेपालगञ्ज लैजाँदै गर्दा जुम्ला विमानस्थलमा उनको मृत्यु भएको प्रतिष्ठानका मेडिकल निर्देशक डा पूजन रोकायाले जानकारी दिए ।

घाइतेको मृत्युपछि चालक रोकाया र मोटरसाइकल दुवै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतकका आफन्तले भने गिरीको उपचारमा लापर्बाही गरेको भन्दै शुक्रबार बेलुका प्रतिष्ठानप्रति आक्रोश पोखेका छन् ।

उनीहरुले मृतकको परिवारका लागि उचित राहतको व्यवस्था गर्ने समझदारी नभएसम्म शव नबुझ्ने चेतावनी दिएका छन् । जसका लागि आज जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय, प्रतिष्ठान र पीडित पक्षबीच वार्ता हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी