“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

गायिका तथा मोडेल भावना आचार्यसँग “शनिबार विशेष” को लागि गरिएको कुराकानीको सम्पादित अंश :

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

गीत रेकडिङ्तिर व्यस्त छु । विस्तारै तीजको सिजन आउँदैछ । त्यसैले आउने तीजलाई लक्षित गरेर गीत संगितमा आफ्नो रचनाको लागि अलिकती पूर्व तयारीमा छु र वाहिरको पनि कार्यक्रमहरु छन् । अलिअलि ब्यस्तै छु ।

एक्कासी यो क्षेत्रमा कसरी आउनुभयो ?

यो क्षेत्रमा एक्कासी भन्दा पनि मेरो बच्चैदेखि गीत संगितमा एकदमै रुची भएकाले पनि यो क्षेत्रमा आएकी हुँ । अन्तर स्कुल दोहोरी प्रतियोगिताहरुमा समेत भाग लिने गरेको थिएँ  र गर्दागर्दै कहिलेपनि आवश्यक्त्ता भएन जहिले सफल हुदै जाँदा विस्तारै आफू पनि अलिकती उमेर बढदै गई सकेपछि काठमाडौमा आएर गीत गाउने रहर चल्यो र काठमाडौ आइसके पछि मेरो पहिलो एल्बम गर्ने भयो र मेरो इन्ट्रेष्टको एल्बम मेरा आफन्तहरुलाई देखाएँ र त्यहि अनुसार अफन्तबाट सर्पोट भयो र म यो क्षेत्रमा लागेकी हँु ।

एल्बम निकाल्नको लागि कसले सपोर्ट गर्नुभयो नि ?

मलाई मेरो पहिलो “पालरमा धाउने” एल्बम निकाल्न मामाले सहयोग गर्नुभयो त्यसपछि म गाँउ फर्किएँ त्यतिबेला गीत पनि सफल भयो । तिजको सिजन पनि थियो त्यो गित राम्रो हुदै जादाँखेरि एक वर्ष जति गाँउमै बसें । ११ को परिक्षा दिएपछि फेरी काठमाडौ आएँ र यही कर्मथलो बनाएर बस्छु भन्ने सोच बनाएँ । त्यसपछि काठमाडौमा बसि सकेपछि एक पछि अर्को एल्बम गाए र गदै जादाँ अहिले र्दजर्नै एल्बमहरु आईसकेको गदै जादा सबै भन्दा नी ४ वाटा एल्बम राम्रो सँग जले मैले अरु भन्दानी मैले तिज गित बढी गर्ने गर्छु । हुन त तीज  गित तिजमै सिमित भएपनि गदै जादाँ एकपछि अर्को अरु क्षेत्र इन्टे«ष्ट भएँ । यसैमा म केहि गर्छ भन्ने इच्छा आकांक्षा राखेर अघि बढीरहेकी छु ।

 

यो अवधिमा यहाँले यो क्षेत्रको बारेमा कस्तो अनुभव गरिराख्नु भएको छ त ?

कस्तो अनुभव भन्दा पनि यो क्षेत्रमा अरु काम भन्दा दाम पनि हुने अनि नाम पनि हुनेजस्तो लाग्छ । जे होस्, म त निकै सन्तुष्ट छु ।

त्यस्तो दाम हुन्छ र ?

गर्नसक्यो भने हुन्छ नि। नहुने भन्ने होइन । म त निकै खुशी र सन्तुष्ट छु ।

तर यो क्षेत्रमा जम्नको लागि निकै संघर्ष गर्नुपर्छ भन्छन्, तपाईले कत्तिको संघर्ष गर्नुपर्यो ?

त्यति दुःख पनि छैन र धेरै सुख पनि छैन । जे होस ठिक ठिकै छ । कुनै पनि क्षेत्रमा जम्नको लागि मेहनत, लगनशीलता र संघर्ष त जारी राख्नुपर्छ नि । म पनि आफूलाई सँधै सफल र निर्खानको लागि मेहनत गरिरहेकी छु । मेरो लागि संघर्ष भनेको नै ईमानदार भएर आफ्नो भूमिका निर्वाह गर्नु हो ।

यहाँको अनुभव कस्तो छ त अहिले सम्म ?

मलाई त त्यति नराम्रो त केहि पनि लाग्दैन् । जे होस जे काम गरिराखेको छु त्यसैमा सन्तुष्ट छु ।

सन्तुष्ट हुनुहुन्छ ?

हजुर, हो । म शतप्रतिशत सन्तुष्ट छु ।

कसको प्रेरणाले गर्दा आईपुग्नुभयो यो क्षेत्रमा ?

प्रेरणा भनेको त्यही हो, मेरा साथीहरु हुन् । स्कुलका टिचरहरु हुनुहुन्थ्यो । र, सुरुवातमा चाहीँ मेरो परिवारले मलाई अब छोरी मान्छे काठमाडौ गएपछि बिग्रीन्छे र यता उता सोचले पनि त्यति सपोर्ट त गर्नुहुन्थेन । काठमाण्डौ पठाउने मामाले एउटा सल्लाह गर्नुभएको थियो । घरबाट जब अहिले एल्वम गर्दै जाँदा विस्तारै सवैले तेरो छोरीले यो गरिछे, गीत आएछ भनेर भनेपछि परिवार पनि मेरो प्रगति देखेर खुशी नै हुनुहुन्छ । अहिले मलाई मेरो परिवारको पनि पूर्णतयः सपोर्ट तथा साथ छ । उहाँहरु सबैको मलाई प्रेरणा छ ।

यो क्षेत्रमा सुरु सुरुमा चर्चामा आएर पछि फ्लप हुने गरेका पनि प्रशस्तै छन् नि ?
मलाई त्यस्तो केही लाग्दैन । मेरो परिवार, साथी, विदेशमा बस्नेदेखि सबैजनाको फुल सर्पोट छ । दर्शक तथा श्रोताहरुले चाहीँ मलाई  सपोर्ट गरिरहनुभएको छ । त्यस्तो त नहोला मैले एकपछि अर्को एल्बम ल्याईरहेको छु । सबैले बजारमा राम्रो स्थान् पाएका छन् । सबै चर्चित नै छन् । अहिलेसम्म मैले एल्बम निकाल्न एक वर्षपछि अर्को वर्षसम्म पनि कुर्नु परेको छैन वा बस्नु परेको छैन । मलाई अहिलेसम्म कुनै गाहा«े भएको छैन । परेको छैन ।

यो क्षेत्रमा त बढि प्रलोभन देखाईन्छ अरे नि रे तपाईले यस्तो केही भोग्नुभएको छैन ?

त्यो त मन्छेमा भर पर्ने कुरा हो । मलाई आजसम्म कसैले लोभलालचमा पारेको छैन । मेरा दर्जनौ गीत आए तर केही एल्बममा चाहीँ परिवारको सहयोग छ । जुन मेरो एउटा सिद्धान्त छm त्यही भएर अरु चाहीँ आँफै भन्नुपरयो ।

अहिलेसम्मका एल्बम कसरी बजारमा आएका छन् नि ?

म अफुलाई संगितदेखी गित गाउने अनि मोडलिङ पनि आँफै गर्ने गर्छु, र अहिले सम्मका गितमा आफनै प्रतिभा देखाईरहेकी छु । जुन गितको शब्द भित्रबाट आएका छन्, मैले नि खेल्नुपर्छ भनेर देखाएका पनि छन् र पछि आफुले आँफैलाई मन नपराएका पनि छन् तर गदै जाँदा हुने कुरा हो । जब मैले पछि एउटा चलेको गितबाट केही हुन्छ कि भन्ने लागेको थियो त्यो भयो भन्छन् नि मान्छे ओत लाग्नु त ठूलै रुखको रे एउटा छाप परेको मान्छेसँग सहकार्य गर्यो भने केही फरक पर्दोरहेछ । त्यही भएर अब शब्द, संगित मेरो पछिल्लो गितको शिब हमाल रहेको छ जुनमा भोकल पनि चर्चित गायक रामजी खाँडको रहेपछि अलिकती फरक भइरहेको छ । पहिला त मैले काम गर्दा त आफूसँगै सहकार्य गर्ने साथिहरुसँग ठिकै ठिकै नाम चलेका गायकहरुसँग काम गरें । सुरुवातमा त रामजी खाँडसँग गरें,  त्यसपछि बीचमा  त गाँउबाट आउनु भएका दाईहरु कोही म तिमिसँग गित गर्छु भने र धेरै अनुरोध गर्नुहुन्थ्यो, गर्दै जादाँखेरि पछि रामजी खाँडसँगै गरें ।

भनेपछि तपाई आफ्नो गीतमा आँफै पनि मोडलिङ अनि अभिनय गरिरहनु भएको छ ?

त्यो त एउटा रहरमात्रै हो । जे होस्m मोडलिङमै पोख्त छु चाहीँ लाग्दैन । र, मेरा कुनै कुनै गितमा मात्रै । सबैमा छैन । मेरो एउटा शोख पनि थियो । सुरुमा अरुलाई देखें र म पनि गर्न पाए हुन्थ्यो भन्ने सोच मात्रै भएको हो । बास्तवमा सबै कुरामा गर्नसक्छु जस्तो त लाग्दैन । अब गदै जाँदा प्रयास हुँदा सम्भब भइएला । त्यो पछिको कुरा हो । एक पछि अर्को गर्दा आफुले गरेको डान्स मन पर्दैन । बास्तवमा आफुले गाएको गित त मन पर्देन अरुले राम्रो छ भन्नु त हुन्छ । कुनै गित गरिसकेपछि एउटा न एउटा कमेन्ट थाहा हुन्छ । अर्को समय सुधार्छु त्यो पछि अर्को हुन्छ ।

यति धेरै एल्बम बजारमा आइसके आफुले आफ्नो एल्बम मन नपराको कि दर्शकश्रोताले मन नपराउनु भएको ?

आफुले आफैलाई कहिलेपनि मन पदैन रे । मैले मात्रै होईन, यो कुरा त अरु गायक गायिकाहरुले पनि भन्नुहुन्छ , हो मलाई पनि यस्तै हुन्छ । आफनो स्वर पनि मन पर्दैन र अभिनय पनि मन पदैन । गर्छु तापनि गर्नुपर्छ आफ्नो चाँहि केहि मन पर्दैन् । अरुको चाँही मनपर्छ । कहीँ कतै कुनै स्टेज प्रोगाममा गीत गाउनु परयो भने म प्राय: आफ्नो भन्दा पनि अरुको गित गाउने गर्छु ।

हजुरलाई पछिल्लो समय को जस्तो हुन पाए हुन्थो वा यो जस्तै भए राम्रो रुपमा प्रस्तुत हुन्थे जस्तो लाग्छ ?

यो कलाकार वा त्यो कलाकार भन्ने छैन । सबैमा आफनो आफनो प्रतिभा छन् । सबैसँग् फरक फरक हुन्छ । बास्तवमा मलाई म यो जस्तो हुन पाए हुन्थ्यो भन्ने कोही पनि छैन । आफ्नो ठाँउमा आफुले के गर्न सकिन्छ त्यो ठूलो कुरा हो । जे होस् हरेक मान्छेको हरेक ठाउमा हरेक फरक फरक किसिमको भ्याल्यु हुन्छ । त्यसमा पनि त्यो यो टाइपको भन्ने चाहीँ छैन । अहिले म विष्णु माँझी हुन खोजेर हुन सकिदैन । त्यस्तै ज्योती मगर हुन खोजेर हुँदैन र सम्भव पनि छैन आफ्नो जे छ त्यही नै हुने छ ।

तपाई त नाम चलेको गायिका हुनुहुन्छ, अहिलेसम्म कसैको प्रेममा पर्नु भएको छैन ?
हा।।हा।। हा छैन । त्यस्तो प्रेम भन्ने त मलाइ चाहीँ त्यती अनुभव त छैन । त्यती साहा«े प्रेममा लागेर यो क्षेत्रमा त्यती अगाडी बढ्न सकिएलाजस्तो लाग्दैन । यो कुन ठाँउ हो ? र म कुन ठाउँमा छु ? कसरी आएँ ? आफ्नो कर्तव्य के हो रु त्यसमा महत्व छ । र, मैले त यस क्षेत्रमै बढि समय दिनुपर्छ ।

प्रेममा त पक्कैपनि हुनुहुन्छ होला, पत्रकारको अगाडी नभन्नु भएको होला नि ?

म प्रेममा छैन । त्यसैले नै मैले सत्य बोलेकी हुँ । प्रेममा नहुन पनि त सक्छ नि । विश्वास गर्नुहोस्, म अहिलेसम्म पनि प्रेममा परेको छैन् ।

प्रेमविना सफल हुन सक्छुजस्तो लाग्छ ?

प्रेम त प्रेम हो नि । कस्तो खालको प्रेम गर्ने रु प्रेम त एकले अर्कौसँग गरिरहेको हुन्छ नि । तर केटासँग नै हुनुपर्छ भन्ने छैन नि  विपरित केटाकेटी सँग सम्बन्ध राखेर प्रेम हो भन्न सकिन्न । मान्छे बाँच्नका लागि एउटा मान्छेले प्रेम जोसँग पनि गर्न सक्छ नि । यहाँ त प्रेम भन्ने वित्तिकै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड भन्ने हुन्छ । म भन्छु प्रेम भनेको केवल केटाकेटी मात्रै होईन है ।

उसो भए तपाईलाई अहिले नै ब्वाईफ्रेन्ड बनाउने चाहना छैन वा समय छैन ?

अहँ । म चाहँदिन् । अहिले म करियरमै ध्यान दिन्छु । समय आउला नि । यतिवेला म पूर्ण रुपमा आफ्नो करियरमा ध्यान दिन्छु ।

तपाईलाई कस्तो टाइपको केटा मनपर्छ ?

हा..हा..हा…हा अहिले त त्यो कुरा सोचेको छैन । अब मेरो सोच्ने उमेर हुँदैछ र दुई वर्षपछि सोच्छु दूई वर्षभित्र केही गर्ने सोच बनाएकीछु ।

तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु ?

मलाई यो पेसा वा उ पेसा भन्नेनै हाईन  । के लाग्छ भने नि धनसम्पती मलाई महत्व लाग्दैन मुख्य कुरा भनेको मसँग विवाह गर्नेले पहिलो मेरो क्षेत्रको सम्मान गर्नुपर्छ । मेरो पेशालाई बुझ्नुपर्छ । वा भन्ने हो भने उसले यो कुराको सम्मान गर्नुपर्यो, बुझदिनुपरयो र हामी एउटा गित गाउनेले त हरेक प्रोगाम, हरेक ठाँउमा अनि हरेक मान्छेका अगाडी हिँड्नुपर्छ। बोल्नुपर्छ । त्यही भएर नर्मल टाईपको सिधा केटा मनपर्छ, कति कुरा नबुझेर भोली पर्सी गएर परिवार सँग असर पर्नेहुन्छ, कुरा नबुझ्ने भएकै कारण कतिपयको त सम्बन्ध विर्गीरहेको छ त्यस्तो नहोस् र भन्नुपर्दा सबै कुरा बुझने खालको हुनुपर्छ । बरु धनसम्पत्ती नहोस्, पाल्नुपरे बरु मै नै पाल्छु ।

तपाईलाई मन पराउनेहरु त धेरै होला नि  स्कुल तथा कलेज पढ्दा आई लभ्यु भन्नेहरु त थिए होला नि ?

अहिले त म नै २२ वर्ष पुगें। अब यहाँले त्यतीवेला स्कुल पढदाको कुरा गर्नुभयो । जहाँ फुल हुन्छ, त्यहाँ भमरा हुन्छ नै । ९ र १० कक्षा पढदाखेरी फस्ट हुने केटाले चै मलाई निकै जिस्काउँथ्यो । होमवर्कमा टिक लाईदिने बहानामा कहिले त आईलभ्यु लेखेर दिन्थ्यो, तर म चाहीँ रोई दिन्थें । तर मलाई मन पर्दैनथियो । त्यतिवेला मलाई निकै डर लाग्थ्यो ।

माँगी विवाह गर्ने कि प्रेम विवाह ? 

पहिला प्रेम अनि विवाहा । मन जितेर गर्न सक्छ भने धेरै राम्रो ।

तपाईको पछिल्लो समय चलेका  गित कुन/कुन हुन् ?

मेरो त बुढा कानमा टप लाउने, भट्टीमा धाउने राति राति आउने, न भका गफ लाउने ।

अर्को यसपालि तिजमा केलाम के लाम भो मलाई पनि, छोरा पाई खेलाम खेलाम भो लगायत अब मेरो छिटै अर्को तिज गित आउँदै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको