मेस्सीको निर्णायक गोलले बार्सिलोनालाई ला लिगा उपाधि

बैशाख १५ , एजेन्सी : बार्सिलोना स्पेनिस ला लिगाको उपाधि उचालेको छ । बार्सिलोनाले अन्तिम ३ खेल बाँकी रहदै उपाधि आफ्नो पोल्टोमा पारेको हो । शनिबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराउँदै उपाधि रक्षा गरेको हो । लेभान्टेलाई हराएसंगै बार्सिलोनाले लिगमा ३५ खेलबाट ८३ बनाएको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा नौँ अंकले अघि छ ।

barcelona-with-trophy2019-04-28

लेभान्टेविरुद्धको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लिओनल मेस्सीले निर्णायक गोल गरे । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ६२ औँ मिनेटमा टिमका लागि उपाधि गोल गरेका थिए ।

यससँगै बार्सिलोनाले लगातार दुई सिजन ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाको नाममा अव ला लिगाका २६ उपाधि रहेका छन् भने रियल मड्रिडले सर्वाधिक ३३ पटक उपाधि उचालेको छ । बार्सिलोनाले पछिल्ला १५ वर्षमा १० पटक ला लिगा उपाधि जितेको छ । उसले सन् २०१० यता ७ पटक लिग जितेको छ भने ३ पटक मात्रै अन्य टिमले उपाधि जितेका छन् । बार्सिलोना अव युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा इङ्लिस क्लब लिभरपुलसँग भिड्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति