मेस्सीको दुई गोल, बार्सिलोना क्वाटरफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोलाई ५ – ० ले हराउदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।591230136barsaघरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान एक एक गोल गरे । यो जितसँगै बार्सिलोनाले समग्रमा ६ – १ को जितसहित  क्वाटरफाइनलमा स्थान बनाएको हो । सेल्टाको मैदानमा भएको पहिलो लेग १ – १ गोलको बराबरीमा सकिएको थियो ।

नाउ क्याम्पमा मेस्सीले दुई मिनेटमा दुई गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले खेलको १३  औं र १५ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई सुरुवाती १५ मिनेट भित्र नै २ – ० को अग्रता दिलाए । खेलको २८ औं मिनेटमा अल्बाले गोल गर्दा बार्सिलोनाको अग्रता ३ – ० ले अघि रह्यो । ३१ औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ४ – ० को अग्रता दिलाए ।

पहिलो हाफमा ४ – ० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । सेल्टाबिरुद्ध एकतर्फी खेलेको बार्सिलोनाले ८७ औं मिनेटमा राकिटिकको गोलबाट ५ – ० को अग्रता बनायो । त्यसपछि थप गोल हुन् सकेनन् र खेल बार्सिलोनाले सहजै आफ्नो बनायो ।

कोपा डेल रे अन्तर्गत नै बिहिबार राति दोस्रो लेगमा जित निकाल्दै सेभिया र स्पानियोल पनि अन्तिम आठमा प्रवेश गरेका छन् । योसँगै कोपा डेल रेको अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । रियल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेस र अलाभेसले यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले