मेसी मैदान बाहिर हुँदा बार्सिलोनालाई पहिलो धक्का

स्पेनिस ला लिगा अन्तर्गत पहिलो खेलमा नै साविक विजेता बार्सिलोनाले हार हात पारेको छ । कप्तान लियोनेल मेसी चोटका कारण मैदान बाहिर नै रहेको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको हो ।

शुक्रबार भएको खेलमा बिल्बाओका लागि घरेलु मैदानमा फरवार्ड अरिट्ज अडुरिजले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गरेको गोल नै खेलको विजयका लागि निर्णायक गोल बन्यो । ८९ औं मिनेटमा विंगबाट आएको क्रसलाई अडुरिजले उत्कृष्ट बाइसाइकल किकमा गोल गरेका थिए ।

बार्सिलोनाले १० वर्षपछि लिगको पहिलो खेलमा हार बेहोरेको छ । खेल दौरान टोलीका मुख्य फरवार्ड लुइस सुआरेज चोटिलो हुँदै मैदान छाडे भने कप्तान मेस्सी चोटका कारण आराम गरिरहेका छन् ।

यसै खेलबाट क्लबमा डेब्यु गरेका एन्टोइन ग्रिजमन र फ्रान्की डे जोङका लागि सुखद सुरुवात रहन सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति