मेसीको जर्सी लिएर फ्यान पुगे सर्वोच्च शिखर सगरमाथामा

अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनेल मेसीको जर्सी सगरमाथामा पुर्याइएको छ । मेसीका फ्यान डान जेंगलुओबुले सगरमाथामा पुगेर मेसीको जर्सीसहितको तस्बिर मेसीले सामाजिक संजालमा सेयर गर्दै मेसीले धन्यवाद दिएका छन् । डान जेंगलुओबुले विश्वकपको मुखमा मेसीको अर्जेन्टिनाको जर्सी सगरमाथा पुर्याएर मेसीको ठुलो फ्यान रहेको प्रमाणित गरेका छन् । आफ्ना फ्यानले आफ्नो राष्ट्रिय टिमको जर्सी नेपालमा रहेको विश्वको अग्लो शिखर सगरमाथामा पुर्याएपछि मेसीले आफ्नो ९ करोड फलोअर रहेको फेसबुकमा सो तस्विर पोस्ट गर्दै धन्यवाद दिएका हुन् ।

मेसीले यस सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि जिताएर विश्वकपका लागि अर्जेन्टिनाको टिमको तयारीमा जुटेका छन् । अर्जेन्टिनाले आगामी मे २९ मा हैटीसँग विश्वकपको तयारी स्वरूप मैत्रीपूर्ण खेलखेल्दै छ । यस पटकको विश्वकपका लागि अर्जेन्टिनालाई विश्वकप जित्ने बढी सम्भावना भएको टीमको रुपमा हेरेका छन् । सन २०२२ को कतारमा हुने विश्वकपमा मेसी ३४ बर्षको हुने हुनाले पनि यस विश्वकपमा मेसीले उत्कृष्ट प्रदर्शन गर्ने विस्वास गरिएको छ ।

आगामी जुन १४ देखि हुने विश्वकपमा अर्जेन्टिना समुह ‘डी’ मा रहेको छ । अर्जेन्टिनासँगै समुह ‘डी’ मा आइसल्याण्ड, क्रोसिया र नाइजेरिया रहेका छन् । यस बर्षको विश्वकप खेल्ने टिममा सबैभन्दा मन पराइएको टिम रहेको अर्जेन्टिनाले विश्वकपको आफ्नो पहिलो खेल जुन १६ मा आइसल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति