December 31, 2017

मेलम्ची खानेपानी सुरुङको ब्रेक थ्रु

 

चौतारा, पुस १६ गते । बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थु्र) सम्पन्न भएको छ ।सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थु्र) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताउनुभयो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ ।
एसियाली विकास बंैक (एडिबी) को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्