मेलबर्न १० विकेटले पराजित, सन्दीपको पनि खराब प्रदर्शन

नेपालका चर्चित बलर सन्दीप लामिछाने आवद्ध टिम मेलवर्न स्टार्सले लज्जास्पद हार व्यहोरेको छ । ब्रिस्बेन हीटको भिडन्तमा मेलवर्न स्टार्स १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।

Sandeep-in-big-b

१ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको क्रममा ब्रिस्बेनले बिना कुनै विकेट क्षति ६० बल अगाडि नै १ सय ५८ रन बनायो । मेलवर्नका कुनै पनि बलर चल्न सकेनन् । सन्दीपले पनि २ ओभरमा २८ रन खर्चेर खराब प्रदर्शन गरे ।

टोलीको सहज र शानदार जितमा ओपनर बेन कटिङ र म्याक्स ब्रायन्टले १ सय ५८ रनको अविजित आक्रमक इनिङ्स खेले । बेनले ३० बलमा ८ छक्का र ४ चौका हिर्काउँदै ८१ रन जोडेर अविजित रहे भने म्याक्स ३० बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रनमा नट आउट रहे ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको मेलबर्नले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति