मेरो द्रिष्टिकोणमा ; डा. बाबुराम भट्टराई !

           लेखिका  ______________________ लक्ष्मी दुलाल ( हाल - जापान )
______________________ लेखिका – लक्ष्मी दुलाल ( हाल – जापान )

पिपुल नेपाल , जापान , हर्क बहादुर ताम्राकार ( एच.बी) 

===============================

जापानको भौतिक तथा आर्थिक बिकासलाई नजिक बाट नियाल्दै अथवा जापान कै सिस्टममा रहेर यहाँ केही बर्ष देखि परिश्रम गर्दै आफ्नो जीवन शैलीलाई नेपालमा रहदा को भन्दा अलि भिन्न रुप र केही नौलो अनुभवहरु सँगाल्दै व्यतीत गरिरहेको छु ।

जब यहाँको बिकासलाई देख्छु मेरो मन भित्रै बाट एक प्रकारको लालायित पना महसुस हुन्छ,अनि बिचारका ज्वारभाटाहरु उत्पन्न हुन थाल्छ, कास…. मेरो देश “नेपाल” पनि यस्तै समृद्ध बनी दिए हुन्थ्यो भनेर स्वाभाविक रुपमा कल्पनामा डुब्छु । जापान जत्तिकै बन्न त धेरै समय लाग्ला तर शुरूवात मात्र गरि दिए मेरो जस्तै बिचार मिल्नेहरु लाई पक्कै पनि एक आशा पलाउने छ ।

पछिल्लो चरणमा मुलुकलाई समृद्धि बनाउन सकिने योजना “भौतिक बिकास र आर्थिक क्रान्ति” मुल नारा सहित सैद्धान्तिक पद्धति बाट देश बिदेशमा रहेका सम्पुर्ण नेपाली माझ प्रशिक्षण तथा सम्बोधन कार्यक्रमको सिलसिलामा गत १८ सेप्टेम्बर २०१६ को दिन जापान आई पुग्नु भएका पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका प्रमुख संयोजक बाबुराम भट्टराई संग भेट्ने मौका जुर्यो ।

बाबुराम जि को ब्यक्तिगत जीवन गाथा धेरै जसो मानिसलाई थाहा नै छ, वहाँको राजनीतिक पृष्ठभुमि यावत् ! दस बर्षे माओवादी सशस्त्र जनयुद्धको अभिभारा बोक्दै शान्ति सम्झौताको पकृया हुँदै देशमा गणतन्त्र संघीयता सहितको नयां संविधान २०७२ घोषणा सम्म आईपुग्दा वहाँले थुप्रै जिम्मेवारीहरु निभाउनु भएको छ, भलै संविधान केही त्रुटिपूर्ण रहेको छ । यद्यपि त्रुटिपूर्ण छ भनेर आफैं पनि स्विकार्नु भएको छ र बाझिएको मुद्दाहरू चाहे मधेसी या जनजाती अथवा जनता बाट प्रत्यक्ष चुनिन पाउने देशको कार्यकारी प्रमुखको बारेमा होस् यसलाई संशोधन गर्दै सुधार्दै लैजानु पर्छ भन्नुहुन्छ ।

आज नयाँ शक्तिको पथ “भौतिक बिकास र आर्थिक क्रान्ति” मुलुकको आवश्यकता र हर जनताको चाहाना हो । यदि बिदेशमा कार्यरत कुनै पनि नेपालीलाई प्रश्न गर्नु होला कि नेपालमा के चाहानु हुन्छ ?? उनीहरुको जवाफ, “देशमा बिकास होस्, रोजगारी मिलोस्” यो बाहेक अरु उत्तर सायदै पाउनु हुनेछ । त्यसैले देशमा आर्थिक क्रान्ति बिना “न बिकास न त गाँस (रोजगारी )” संभव नै छैन ।

एकाथरी बाबुरामलाई गाली गर्छन् माओवादी छाडे भनेर त अर्कोथरीहरु भारतको दलाल भन्ने गर्छन् । यदि देशमा आमूल आर्थिक क्रान्तिको बाटोलाई अघि बढाउन माओवाद प्रचण्ड पथ कारक नै बनेको थियो भने ठिकै हो,राम्रो गर्नु भयो, गाली गर्नेहरुले समय आए पछि आफै बुझ्ने छन् । अनि छिमेकी मुलुकहरू संग राम्रो सम्बन्ध र सन्तुलित तालमेल राखेर मुलुकको बिकासमा टेवा पुग्छ र राष्ट्रघात सम्झौताहरु नगरी मुलुक आर्थिक हैसियतमा समृद्ध तिर लम्कन्छ भने “भारतीय दलाल” भन्नेहरुको बन्द अँखामा एकदिन पट्टी निश्चित रुपमा आफै खोलिने छ ।

बाबुराम जि लाई नजीक बाट भेट्दा मैले वहाँमा शिष्टाचार, शालिन सभ्य र मुलुक प्रती निकै चिन्तित व्यक्ति हुनुहुन्छ भन्ने महशुस गरे । हरेक बिरोधाभाष का बाबजुद पनि वहाँको सिदान्त राम्रो छ, वहाँ आफैमा एक सक्षम व्यक्तित्व पनि हुनुहुन्छ त्यसैले सबैले वहाँलाई एकपटक साथ दिनै पर्छ । मुलुकमा दीर्घकालीन रुपमा आर्थिक तथा भौतिक क्रान्ति चाहाने हो भने ।

एक ईमानदार योद्धा बनेर मुलुकको लागि केही गर्छु भन्ने व्यक्तिलाई यो इतिहास बन्ने काल खण्डमा पछि पछुतो नहोस् । त्यसैले वर्तमान देशको परिस्थिति भित्र रहेर वहाँको बिचार र सिदान्तमा निहित रहदा मेरो नजर र दृष्टिकोणमा बाबुराम जि गर्व गर्न लायक नेता साथै उत्कृष्ट व्यक्ति हुनुहुन्छ ।

( लक्ष्मी दुलाल अन्तराष्ट्रिय नेपाली समाज जापानमापनि जोडिरहनु भएको छ )

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान