मेरा हरेक पाइला विकासका लागि :प्रधानमन्त्री

 

फागुन १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौँको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्र दहचोकमा तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले त्याग तपस्याका बाबजुत यहाँसम्म आईपुग्दा अब केवल आधुनिक राष्ट्र निर्माणमा लागि पर्ने बताए ।

भूकम्पपछिको ऐतिहासिक सम्पदाको निर्माणले तीव्र रुप लिएको दाबी गर्दै प्रधानमन्त्रीले आफुले विकासका लागी गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने स्पष्ट पारे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले परिवर्तनका लागी लुट्न सिकाउने, चन्दा असुल गर्ने प्रवृति अन्त्य हुनुपर्ने बताए । ‘मुलुकमा लुटतन्त्र, अपराधतन्त्र धेरै टिक्दैन । असल सत्कार र व्यवहारले मात्र भोलीको योग्य नागरिक बनाउन मद्धत मिल्छ ।’, प्रम ओलीले भने, ‘अहिले समाज रुपान्तरणका लागी एक भएर लाग्नुपर्छ । अब म जहाँ जान्छु विकासको लागि जान्छु । मेरा हरेक पाईला विकासको लागि जानेछन ।’

साथै उनले महोत्सवस्थल नजिक दहचोकमा रहेको पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरण गरे ।

पुरात्वात्विक विभागले करिव १० लाख रुपैयाँको लागतमा निर्माण गरेको शालिक अनावरण कार्यक्रममा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समग्र चन्द्रागिरिको विकासमा नगरपालिका आर्थिक सामाजिक र पर्यटकीय पुर्वाधारमा सधै योजनावद्ध रूपमा अघि बढ्ने बताए ।

कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति कालु पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ । सरकारले मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा समेत यस क्षेत्रलाई सूचीकृत गरेको छ ।

यस क्षेत्रको पूर्वाधार विकासका लागि चालू आवमा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी शर्मा कार्यक्रममार्फत् रु ५० लाख तथा चन्द्रागिरि नगरपालिका–१ मा रु ८९ लाख विनियोजन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।