July 22, 2018

मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नेबारे प्रचण्ड सकारात्मक , थाले छलफल

 
 

काठमाडौं, ६ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नुपर्नेबारे छलफल थालेका छन् ।

पार्टीका आफू निकट नेताहरुसँग आज अध्यक्ष प्रचण्डले निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नुपर्नेबारे छलफल गरेको स्रोतको दाबी छ । प्रचण्डले छलफल गरेलगत्तै नेकपाका भातृ संगठनले देशका सबै मेडिकल कलेज राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समय मेडिकल क्षेत्रको सुधारको माग राखेर डाक्टर गोविन्द केसी अनशनरत छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै नेकपाका भातृ संगठन वाइसिएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्मअनुरूप निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामूखी ट्रस्टमा रूपान्तरण गर्न माग गरेका हुन्।

उनीहरूले सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया सुरू गर्न पनि माग गरेका छन्। उनीहरूले चिकित्सा शिक्षामा दिइने छात्रवृत्ति पनि न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाउन माग गरेका छन्। युवा र विद्यार्थीले २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीका वार्ता गर्न पनि माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि