मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो

मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ। बैंकको कूल निक्षेप अघिल्लो बर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रुपैँया पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि हो। त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ। यो वृद्धिदर ७४ प्रतिशत रहेको छ।

मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो। मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा