चिकित्सकहरूलाई तीनछक्क पार्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मुटुमा मिर्गौलाहरूको विशेष स्थान हुने बताएका छन् ।
अमेरिकामा मिर्गौलासम्बन्धी स्वास्थ्यमा सरकारलाई नीति बनाउन निर्देशन दिने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघिको भाषणमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘तपाईंहरूले यी कुरामा निकै मेहनत गर्नुभएको छ । मिर्गौलामा निकै काम गर्नुभएको छ । मुटुमा मिर्गौलाको विशेष स्थान हुन्छ, यो अविश्वसनीय छ,’ ट्रम्पले बुधवार वाशिङटन डीसीस्थित इन्टरनेसनल ट्रेड सेन्टरमा बोल्दै बताए ।
ट्रम्पले मिर्गौला पनि मुटु जत्तिकै महत्त्वपूर्ण अंग हो भन्न खोजेको हुनुपर्छ ।
ह्वाइट हाउसको डोमेस्टिक पोलिसी काउन्सिलका प्रमुख जो ग्रोगानले मिर्गौला रोग अमेरिकामा मृत्युको नवौं प्रमुख कारण हो र यसले अमेरिकी करदाताहरूको ११० अर्ब डलर नाश गर्ने गरेको बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।