मुटुका बिरामीले जाडो मौसममा ध्यान दिनुपर्ने सात कुरा

 

१. विहानको चिसोमा मर्निङ वाक नगरौँ :
हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका विरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ ।

२. उच्चरक्तचापलाई निगरानी गरौँ :
उच्चरक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभावैले रक्तचाप बढ्ने हुनाले हृदयघातको खतरा पनि बढ्छ । तसर्थ यस्ता विरामीहरुले नियमित रुपमा रक्तचाप परीक्षण गरी रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यदि रक्तचाप बढेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिइ औषधिद्धारा नियन्त्रण गर्नुपर्छ ।

३. कोलेष्ट्रेरोल नियन्त्रण गरौँ :
उच्च कोलेष्ट्रेरोल पनि हृदयघात गराउने प्रमुख कारक हो । जाडोको बेलामा रगतमा कोलेस्ट्रेरोलको मात्रा बढी देखिने हुँनाले यसलाई घटाउने वा नियन्त्रणको आवश्यकता अनिवार्य छ । त्यसका लागि फाइबरयुक्त खानाको साथै शारीरिक व्यायममा ध्यान दिनुपर्छ ।

४. सुगर नियन्त्रणमै राखौँ : मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसैकसैले यसैको फाइदा उठाउदै अनियन्त्रित रुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ ।

५ . चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग त्यागौँ :
कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो । किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो ।

६. मदिराको सेवनमा नियन्त्रण आवश्यक : 
कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ ।

७. औषधि बन्द नगर्नुस : 
कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी