April 20, 2017

मुखबाटै थाहा हुन्छन्, रोगका लक्षण

हाम्रो मुखबाट नै बिभिन्न रोग पत्ता लगाउन सकिन्छ । तपाईँलाई यत्ति भनिरहँदा अप्ठेरो सँगै अपत्यार पनि लाग्यो होला, डाक्टरले चेकजाँच गरेर पनि रोग पत्ता लगाउन मुस्किल हुन्छ, मुखबाट कसरी थाहा पाईन्छ होला रु नचाहिँदो हावा कुरा गर्छ जस्तो लाग्यो पनि होला ।  तर मान्छेको मुखमा देखिने परिवर्तनले विभिन्न स्वास्थ्य सम्बन्धि समस्याको संकेत गर्छ । अब हेर्नुहोस्, तल हामीले केही त्यस्ता बिषयहरु उल्लेख गरेका छौँ ।th

ती कुराहरु पढिसकेपछि तपाईँ विश्वस्त पनि हुनुहुनेछ भन्ने आशा पनि लिएका छौ ।

१ कसैको मुखमा दुर्गन्ध आउँछ भने त्यसले डायबिटिज, पेटमा खराबी वा कलेजो रोगको संकेत गरेको हो भन्ने बुझ्नु पर्दछ । त्यसैले कसैको मुखमा लगातार गन्हाउँछ भने यसलाई गम्भीर रुपमा लिनु पर्ने हुन्छ ।

२ यदि लगातार मुख गन्हाउछ भने दाँतको रोग भएको हुन सक्छ ।

३ तपाईँले कुनै युवा अवस्थाको मान्छेको मुखमा हेर्दा दात झरेको देख्नु भएको छ भने किड्नी रोगको लक्षण भएको हो । यो कुरा विभिन्न अध्यनहरुले पुष्टि गरेका छन् ।

४ जिब्रोमा लेठ लागेको छ भने त्यसले कमजोर पाचन प्रणाली र भाइरल संक्रमणको संकेत गरेको हो भन्ने बुझनु पर्छ ।

५ यदि दाँत पहेलो भएको छ भने कलेजोको खराबी र पहँेलो रोगको लक्षण हो भन्ने बुझनु पर्दछ ।

६ जिब्रोमा सेतो लेठ लागेमा एनिमिया वा रक्त अल्पताको संकेत हो भन्ने बुझनु पर्दछ । शरीरमा प्रर्याप्त रगत नहुँदा यस्तो समस्या देखिने गर्छ ।

७  दाँतको इनामेल कमजोर भएमा एसिडटीको लक्षण हो भन्ने बुझाउँछ ।

८ कोहीले निन्द्रामा दाँत किट्ने गरेका हुन्छन् । त्यो भनेको स्ट्रेसको लक्षण हो । स्ट्रेसमा कोर्टिसोल नाम गरेको हर्मोन अत्यधिक उत्पादन हुन्छ । जसका कारण दाँत किट्ने समस्या हुने गर्दछ ।

९ यदि कसैको ओठ फुट्छ भने भिटामिन बीको अभाव हो भन्ने थाहा पाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि