‘मिस हङकङ नेपाल २०१८ को उपाधि’ : प्रिया गुरुङलाई

5c2702376d56c181229105723

बेँसीसहर। लमजुङकी प्रिया गुरुङले मिस हङकङ नेपाल २०१८ को उपाधि जितेकी छन्। बुधबार हङकङमा भएको प्रतियोगिताको ग्रान्ड फिनालेमा सात प्रतिस्पर्धीलाई उछिन्दै प्रियाले मिस हङकङ नेपालको ताज पहिरिएकी हुन्।

प्रतियोगिता मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको हो। मिस हङकङ नेपालको ताजसँगै प्रियाले १० हजार हङकङ डलर पाएकी छन्।

उनले मिस पपुलरको उपाधिसँगै थप एक हजार पाँच सय डलर पनि प्राप्त गरेको आयोजकले जनाएको छ। बेँसीसहर–७ निवासी प्रिया बाबुआमा बुद्धिप्रसाद र अम्बिका गुरुङसँगै हङकङमा बस्छिन्। उनका बाबुआमा हङकङमा रोजगारी गर्छन्।

प्रतियोगिताको फस्ट रनरको उपाधि नेहा राई र सेकेन्ड रनरको उपाधि जानिवा श्रेष्ठले जितेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो