मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका उनीहरू त्रसित र हतास देखिन्थे। उनीहरूलाई नौजनाको हत्या सपनाजस्तो लागेको छ । ‘गाउँमा त शान्ति थियो। अलिअलि झैझगडाबाहेक थिएन । त्यसै मान्छे तराई झ¥या हैन रहेछन्’ जस्ता टिप्पणी स्थानीयले गरेको सुनियो ।
गाउँमा सुरक्षाकर्मी बाक्लै परिचालित भए पनि मनबाट भय हट्न नसकेको स्थानीयको भनाइ छ। आँखामा मारिएकाको अनुहारमात्र नाचिरहेको स्थानीय जनप्रतिनिधि डुजन फियाकले बताए। मारिएका नौजनामध्ये चार १५ वर्षमुनिका छन् । ‘चपिङबोर्डमा प्याज काटेझै हत्या गरेको देखियो। शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो’, अर्का स्थानीय पहलमान फियाकले भने, ‘यो घटनालाई विभिन्न कोणबाट अनुुसन्धान गरिनुपर्छ। यस्तो विरक्तलाग्दो घटना मैले देखेको थिइनँ ।’आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण