August 6, 2019

‘मारुनी’को ट्रेलर सार्वजनिक ! (भिडीयो)

काठमाडौं : नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ।

Image result for maruni movie

सोमबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नव–अभिनेत्री रेविका गुरुङ फिचर्ड छन्।

यी तीनको प्रेम, रोमान्स र बदलाको कथालाई ट्रेलरमा उतारिएको छ। ट्रेलरमा साम्राज्ञीलाई पागल प्रेमीको भूमिकामा देख्न सकिन्छ। उनि पुष्पलाई पाउन जे पनि गर्न तयार देखिन्छिन्। यता, पुष्प भने रेविकाको प्रेममा परेको ट्रेलरमा देख्न सकिन्छ।

चलचित्रले त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने ट्रेलरबाट आँकलन गर्न सकिन्छ। साहिल खानले ट्रेलर तयार पारेका हुन्। ट्रेलरले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ।

पूनम ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन्।

आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा पुष्प, साम्राज्ञी र रेविकाका अलावा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाइँ, विनोद भट्टराई, सुशील क्षेत्री लगायतको पनि अभिनय छ।

चलचित्रमा निर्देशक नवल र गोविन्द फूयाँलको लेखन छ। दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको चलचित्रका गीतमा प्रविन सिंह, बिक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ। संजय लामाको छायांकन रहेको चलचित्रमा सम्पादनको जिम्मा मित्र डि. गुरुङले लिएका छन्।

हेर्नुहोस् ट्रेलर :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको