July 17, 2019

मानहानि मुद्दामा गेललाई तिर्नुपर्ने क्षतिपूर्तिविरुद्ध अस्ट्रेलियाली पत्रिकाको पुनरावेदन खारेज, ३ लाख डलर तिर्नुपर्ने

अस्ट्रेलियाबाट प्रकाशित हुने तीनवटा पत्रिकाले मानहानिको एउटा मुद्दामा वेस्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेललाई तिर्नुपर्ने क्षतिपूर्तिको निर्णयविरुद्ध हालेको पुनरावेदन खारेज भएको छ।

Image result for chris gayle

सन् २०१५ मा सिड्नी मर्निङ हेरल्ड, द एज र क्यान्बर टाइम्सले सिड्नीमा गेल एक महिला मसाजकर्ताअगाडि नाङ्गै बसेको दाबी प्रकाशित गरेका थिए।

तर गेलले त्यो समाचार मिथ्या भएको भन्दै मानहानिको मुद्दा हालेका थिए। गत वर्ष न्यू साउथ वेल्सको सर्वोच्च अदालतले गेलले तीन लाख अस्ट्रेलियाली डलर क्षतिपूर्ति पाउने निर्णय सुनाएको थियो।

बढी क्षतिपूर्ति पाउनुपर्ने गेलको अपील पनि अस्वीकृत भएको छ। सुनुवाइका क्रममा मसाजकर्ता लीआन रसलले गेल आफ्नो अगाडि नाङ्गो भएको आरोप लगाउँदै त्यसबाट आफू धेरै स्तब्ध भएको बताएकी थिइन्।

सन् २०१६ को एउटा टेलिभिजन अन्तर्वार्तामा गेलले एक पत्रकारलाई लाजले रातो नहोऊ, मैयाँ भनेको सुनेपछि रसलले ती तीन पत्रिकाको तत्कालीन प्रकाशक फेअरफ्याक्स मीडीआलाई सम्पर्क गरेको अदालतमा बताइएको थियो।

गेलले रसलको दाबी अतिशयोक्तिपूर्ण भएको तर्क गरेका थिए। सो मुद्दा हेर्न गठित न्यायिक समितिले पनि ती पत्रिकाले प्रकाशित सामग्रीको प्रतिरक्षा गर्ने प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै गेलको पक्षमा निर्णय दिएको थियो।

तर सो निर्णयलाई चुनौती दिँदै ती पत्रिकाले गेलका वकिलबाट सुनुवाइको अन्त्यमा रसलको विश्वसनीयताबारे प्रश्न उठेकाले नयाँ सुनुवाइ हुनुपर्ने माग राखेका थिए।

न्यू साउथ वेल्सको पुनरावेदन अदालतले पनि रसलसँग उचित व्यवहार नभएको तर्कमा सहमति व्यक्त गरेको थियो। तर उचित निर्णय लिन न्यायिक समितिलाई पर्याप्त निर्देशन दिइएको उसले बताएको थियो।

क्षतिपूर्ति कम भएको गेलको दाबीलाई पनि अदालतले खारेज गरिदिएको छ। उनन्चालीस वर्षीय गेल ख्यातिप्राप्त क्रिकेट खेलाडी हुन्। एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने योजना उनले तत्कालका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति