October 24, 2019

मानव तस्करीको विभत्स दृश्य: ट्रकभित्र ३९ जनाको शव भेटियो, ड्राइभर पक्राउ

एजेन्सी, ६ कात्तिक । बुल्गेरियाबाट बेलायत प्रवेश गरेको एक मालबाहक ट्रक(लरी) भित्र ३९ जनाको शव फेला परेको छ ।

प्रहरीले बुधबार बिहान ट्रकको कन्टेनरभित्र  ३९ जनाको शव फेला पारेको हो । इङल्याण्डको एसेक्सबाट ती शव फेला पारिएको समाचारमा बताइएको छ । शवमध्ये एउटा शव किशोरको समेत रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको पहिचान हुन सकेको छैन । शवको पहिचान हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको अनुमान गरिएको छ । हाल उक्त ट्रकका ड्राइभरलाई हत्याको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ परेका ड्राइभर उत्तरी आयरल्याण्डका बासिन्दा भएको समाचारमा जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल मृतकहरु कहाँबाट बेलायत आएका थिए र कुन मार्ग हुँदै आएका थिए भनेर अनुसन्धान भइरहेको छ ।

मालबाहक ट्रकभित्र ३९ जनाको शव भेट्टिएपछि बेलायत नै स्तब्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्त घटनाबाट आफू निकै दु:खी र स्तब्ध भएको बताएका छन् । उनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।

‘मानव बेचबिखन नीच र खतरनाक व्यावसाय हो’, एकजना स्थानीय सांसदले भने, ‘ कनटेनरभित्र ३९ जनाको शव भेट्टिएको सुन्दा निकै दुःखित भएको छ, अपराधीहरु पहिचा गरी कारबाही होस् भन्ने काम गर्छु ।’

मानव तस्करको जालोमा परेर ती मानिसले ज्यान गुमाएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी