April 22, 2018

माधव नेपाल एकताको बाधक : प्रचण्ड

 बैशाख ९

पार्टी हेडक्वार्टर बैठक

पार्टी हेडक्वार्टर बैठक

लेनिन जयन्ती र पार्टी स्थापनाको दिवस पारेर आजै गर्ने भनिएको एमाले–माओवादी केन्द्रबीचको एकता आज किन हुन सकेन, आइतबार (९ बैशाख) को पार्टी केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकमा अध्यक्ष प्रचण्डले यसको कारण खोलेका छन्। प्रचण्डको भनाईमा, पार्टी एकतामा परेको सबैभन्दा ठूलो जटिलना केन्द्रीय समितिमा बाँडफाँट हो र समानताका आधारमा बाँडफाँट हुनुपर्छ भन्नेमा बरिष्ठ नेता माधव नेपाल बाधकको रुपमा देखिएका छन्।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीपनि समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर यसरी नजान ममाथि पार्टीभित्रैबाट ठूलो दबाब छ भनेर उहाँले आफ्नो बाध्यता सुनाउनु भएको छ’ बैठकमा एकतामा देखिएका बाधाबारे जानकारी दिँदै प्रचण्डले भने, ‘मैले बुझ्दा बराबरीका आधारमा एकता गर्नै हुन्न भनेर माधव नेपालले दबाब दिनुभएको बुझिन्छ।’

बैठकमा प्रचण्डले बताए अनुसार, ओलीले अहिले निश्चित प्रतिसतका आधारमा एकता गरौं र अरु कुरा पछि मिलाऊँ भन्ने प्रस्ताव राखेका छन्। र, जवाफमा आफूलेपनि ओलीसँग बराबरीका आधारमा एकता गर्नुपर्छ, नत्र माओवादी केन्द्रका साथीहरुले मान्दैनने भन्ने जानकारी ओलीलाई गराएका छन्।

सैद्धान्तिक विषयमा चाहिँ त्यति ठूलो विवाद नरहेको रिपोर्टिङपनि प्रचण्डले बैठकमा गरेका छन्। ‘मुख्य समस्या भनेको कसरी सम्मानजनक एकता गर्ने भन्ने नै हो, सम्मानजनक एकताका लागि ओलीजी सहमत भएपनि माधव नेपालजीले गर्दा समस्या भएको हो’ प्रचण्डले बैठकमा भने, ‘केन्द्रीय समितिको समायोजनमा कुरा मिल्नासाथ पार्टी एकता टुङ्गिन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने