February 24, 2018

माओवादीमा गृहका लागि गनगन

 

ad
माओवादीमा गृहका लागि गनगन

 फाल्गुन १२, काठमाणडाैं । बाम गठबन्धनकाे नारा िदएर  एउटै घोषणापत्रमा चुनाव लडेका नेकपा (एमाले) र माओवादी केन्द्रले अझै भागबन्डाको राजनीति भने छाडेका छैनन् । नयाँ सरकारमा एमालेले १० र माओवादी केन्द्रले गृह मन्त्रालयसहित ७ वटा मन्त्रालय पाउनेगरी भागबण्डा भएपछि माओवादीभित्र गृह मन्त्रालय लिन तँछाडमछाड भएको छ ।

माओवादी तर्फबाट सरकारमा जाने वरिष्ठ नेता सबैले गृह मन्त्रालय ताकेर गनगन गर्दै हिडेका छन् । यसरी गनगन गर्ने नेतामा रामबहादुर थापा ‘बादल’, वर्षामान पुन तथा जनार्दन शर्मा देखिएका छन् । रामबहादुर थापा पहिले पनि रक्षा मन्त्री भइसकेको भन्दै उनले गृह मन्त्रालयमा चासो देखाएका छन् । तर, उनलाई उपप्रधानमन्त्री दिए अरू कुनै मन्त्रालय दिँदा पनि चित्त बुझ्ने देखिँदा वर्षामान पुनको गृह मन्त्री हुने सम्भावना बढेको थियो । तर, प्रधानमन्त्री केपी ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच उपप्रधानमन्त्री नराख्ने सहमति भएकाले बादल नै गृह हुने चर्चा पुनः बढेको छ । यसअघि गृह मन्त्री रहिसकेका जनार्दन शर्मा पनि गृह मन्त्रालय आफैँले पाउनुपर्नेमा जोड दिइरहेका छन् । तर, बादललाई गृह मन्त्रालय दिएमा शर्माले बादललाई समर्थन गर्ने संकेत पनि देखिएको  छ ।

 पुनले भने आफूले गृह नपाए संघीय संसद्को सभामुखमा उनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीलाई दोहोर्याउनुपर्ने लबिङ गर्दैछन् । तर सभामुखमा कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र अग्नि सापकोटाको नाम आउन थालेपछि पुन गृह मन्त्रालय नै लिन जोडबल गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक