महोत्तरीमा सिके राउतको पार्टीले नेकपालाई उछिन्यो, पर्साको सखुवापर्सौनीमा समाजवादी विजयी

मंसिर १५, काठमाडौं : पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादव १ हजार ३१ मतका साथ विजयी भएका छन्।

यादव विजयी हुँदा नेपाली कांग्रेसका अशेश्वर यादवले ८ सय १९, ने क पाका उम्मेद्वार उदयशंकर रौनियारले २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानुले १६ मत तथा राप्रपाका सदरी महराले ८ मत ल्याए ।  

२ हजार ६०२ मतदाता रहेको वडामा ८२ प्रतिशत अर्थात २ हजार १२८ जनाले मतदान गरेका थिए । २२ मत बदर भएको थियो ।  

महोत्तरीको बलवामा कांग्रेस अघि

यता महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर २ मा सिके राउतको जनमत पार्टीले अग्रता कायम गरेको छ । सत्तारुढ नेकपालाई उछिन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका विरेन्द्रकुमार साहले अग्रता लिएका हुन् ।  

जनमत पार्टीका साहले २ सय २३ मत ल्याउँदा सत्तारुढ नेकपाका कृष्णदेव साहले ९१ मत मात्र ल्याएका छन् ।  

बलवा नगरपालिकामा ४ सय ६१ मतका साथ नेपाली कांग्रेसका विपिन पजियार सुडी वडा अध्यक्षको प्रतिस्पर्धामा अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय जनता पार्टी नेपालका वृजलाल साह सुडीले ३ सय ५२ मतका साथ दोस्रो स्थानमा छन् ।  

वडाअध्यक्षका लागि भएको प्रारम्भिक मतगणनाअनुसार नेकपा भन्दा जनमत पार्टीका उमेदवार अगाडि देखिएका हुन् ।  

सो वडामा १ हजार ५ सय ७७ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक