महोत्तरीमा प्रहरीमाथि आक्रमण

nepal-police

 महोत्तरी, चैत १६–महोत्तरीको लक्ष्मीनियामा अभियुक्तलाई पक्राउ गर्न जाँदा प्रहरी टोलीमाथि हातपात भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्राप्त पत्रअनुसार अभियुक्त विसेश्वर महतो र उनका सुवोध महतो नुनियालाई पक्राउ गर्न जाँदा असईसहित तीन प्रहरीमाथि हातपात भएको हो ।

चैत्र २ गते लक्ष्मीनियाँ–८ बस्ने विसेश्वर महतो र उनका ९ वर्षीय छोरा सुवोध महतो नुनियालाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउने पत्र अनुसार पक्राउ गर्न गएका ३ जना प्रहरी माथी हातपात भएको कान्तिबजार प्रहरी चौकीका असई जित बहादुर बस्नेतले बताएका छन् ।

स्थानीयले असई जितबहादुर बस्नेत, हवल्दार श्याम बाबु कुशवाहा र प्रहरी जवान शिव शंकर महतोमाथि हातपात गरेको असई बस्नेतले बताए ।

गत फाल्गुण २ गते चौकीमा दर्ता भएको निवेदन सम्बन्धमा गाउँमै छलफल सम्भव नभएपछि जिल्लामा उपस्थिति गराउने आदेश भएको पत्र चौकीमा प्राप्त भएपछि सोही अनुसार उनीहरुलाई पक्राउ गर्न जाँदा स्थानीय विशेश्वर महतो र आफन्त महिलाहरुले हातपात गरेको कान्तिबजार प्रहरी चौकीका असई बस्नेतले बताए ।

करिव दुई महिना अगाडि सडकछेउमा रहेको पानीमा तीन–चार जना बालबालिका खेल्ने क्रममा जिउमा पानी पर्दा भएको झगडामा नविन महतो नुनियाको हात भाँचिएको थियो । झगडामा हात भाँचिएपछि उपचारमा लागेको खर्च र सो सम्बन्धमा छलफल गर्न बोलाईएको बैठक निष्कर्ष विहिन भएपछि पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गराएको थियो । प्रहरीले अवरोधका बीच पनि अभियुक्तलाई पक्राउ गरेको बताइएको छ ।

यता, कान्तिबजार चौकीका असई जितबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले महतोलाई पक्राउ गर्ने क्रममा आफन्तले हुलहुज्जत गर्न खोजेपछि भएको घटनामा एक महिला घाईते भएकी छन् । घाईते हुनेमा लक्ष्मिनियाँ ८ की ३३ वर्षीया शिवकला देवी महतो नुनिया हुन् ।

छलफल सकिनै लाग्दा त्यहाँ आएका प्रहरी टोलीले एक्कासि शिवकलामाथि कुटपिट गरेको पूर्वसभासद एवम् माओवादी केन्द्रका नेतृ वुधनीदेवी महतो नुनियाले बताइन् ।

घाईते शिवकलाको हात र छातीमा चोट लागेकोले गौशालामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर अंचल अस्पताल लगिएको नेतृ महतोले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित