महोत्तरीको जिल्ला अस्पतालमा औषधिको अभाव

medicene१९ भदौ, महोत्तरी । महोत्तरीको सदरमुकामस्थित जिल्ला अस्पतालमा औषधिको अभाव देखिएको छ । सदरमुकामस्थित जिल्ला अस्पतालमा जलेश्वरमा ओपिडीमा अतिआवश्यक औषधिको अभाव देखिएको हाे । पारा सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोपः लोक्सासिन लगायतका ज्वरो, पखालाका अति आवश्यक औषधि तथा एन्टी बायोटिकजस्ता औषधि जिल्ला अस्पताल जलेश्वरको ओपिडी शाखामा अभाव देखिएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले अन्य ठाउँभन्दा जलेश्वर अस्पतालमा औषधि पर्याप्त रहे पनि अतिआवश्यक औषधि नपुग रहेकाले औषधिको व्यवस्थापनमा आफू लागेको र सक्दो चाँडै जलेश्वर अस्पताल तथा अन्य स्वास्थ्यचौकीमा औषधिको पूर्ति गरिसक्ने वताए ।

सेवाग्राहीले महिनौँदेखि औषधि अभाव रहेको बताउँदै अस्पताल र जनस्वास्थ्य प्रमुखलाई बिरामी र अस्पतालबारे कुनै चासो नराखेको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा निःशुल्क ७० प्रकारका औषधि पाइने जनाइए पनि हाल जम्मा १५ देखि २० प्रकारका औषधि मात्र पाइने गरिएको छ जसमध्ये पनि अस्पतालमा पाइने ती औषधि खासै प्रभावकारी नरहेको उनीहरुको गुनासो छ । हाल अस्पतालमा उपचारका लागि आउनेहरु रित्तै हात फर्कन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने