स्थानीय तहमा विनियोजित कूल बजेटबाट महिला सशक्तिकरणका लागि न्यूनतम २५ प्रतिशत बजेट छुट्याउनुपर्ने मागसहित सात राजनीतिक दलका १ सय जना महिला नेताको भेलाले नीति तथा पैरवी अभियान शुरु गरेको छ । समृद्ध नेपालका लागि सशक्त महिला भन्ने नाराका साथ भेलाले पाँच दिने अनुशिक्षण कार्यक्रमपछि देशव्यापी रुपमा एक सुत्रीय अभियान सुरु गरेको हो ।
आर्थिक स्रोतमा महिलाहरुको सहज पुहँच र त्यसमाथिको नियन्त्रण विना महिलाको आर्थिक सशक्तिकरण संभव नभएकोले स्थानीय तहबाटै यो अभियान सुरु गर्नुपर्ने देखिएको बताउँदै मिडिया एडभोकेसी ग्रुपकी अध्यक्ष बबिता बस्नेतले यसका लागि संघ, प्रदेश र स्थानीय तहमै महिला लगानी बढाउनकालागि महिला केन्द्रित नीति आवश्यक रहेको बताइन् । नेपालमा महिलाको सशक्तिकरणको अवस्था अनुसार महिलाले पुरुषभन्दा थोरै कमाउँछन् । भने धेरै महिलाको बैंक खाता छैन र रोजगारीमा रहेको महिलाको अनुपात घटेको छ ।
असोजको १ गतेदेखि ५ गतेसम्म नेशनल डेमोके्रटिक इन्स्टिच्युटको संयोजन तथा संचार क्षेत्र, नागरिक समाज र प्राज्ञिक क्षेत्रका गरी ८ जना महिला अनुशिक्षकहरुको सहजीकरणमा नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, राप्रपा, नयाँ शक्ति र विवेकशिल साझा गरी सात दलका १ जना महिला नेताको भेला मार्फत उक्त अभियान सुरु भएको हो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत