महिलाको लागि हस्तमैथुन हानीकारक कि लाभदायक ?

पुरुषले हस्तमैथुन गर्नु साममान्य मानिन्छ तर यही कुरा महिलाको हकमा भने असामान्य मानिन्छ । हस्तमैथुनलाई आम रुपमा अश्लीलताको दृष्टिले हेरिन्छ । यसलाई स्वास्थ्यको दृष्टिले भने निकै कम हेरिन्छ । महिलाको लागि हस्तमैथुन लाभदायक हुन्छ कि हानीकारक ? यस विषयमा कमै बहस हुने गरेको छ । एक अनुसन्धानअनुसार १८ वर्षभन्दा माथिका महिलाहरुले कम्तीमा उक पटक हस्तमैथुन गरेको पाइएको थियो । 

इंडियाना युनिभर्सिटीको सर्वेक्षण अनुसार २५ देखि २९ वर्षको उमेरको बीचका ७.९ प्रतिशत महिलाहरु हप्तामा २ देखि ३ पटक हस्तमैथुन गर्छन् । अर्कोतर्फ २३.४ प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक हस्तमैथुन गर्छन् । हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ अनुभव हो । चरमउत्कर्षबाट एन्डरफिन्स डोपामाइन र अक्सिटोरिन निस्कन्छ जसले मानिसको मुड राम्रो बनाउन सहयोग गर्छ । यसबाट मानिस आत्मविश्वासले भरिएको देखिन्छन् । यसबाट शरीरप्रति सहज महसुस हुन्छ । 

यौन सम्बन्धको इच्छा भएका बेला पार्टनर उपलब्ध नहुनु वा अन्य कुनै कारणल यौन सम्बन्धको वातावरण नभएमा हस्तमैथुन सही विकल्प हो । यसबाट तनाव कम हुन्छ । चरमउत्कर्षबाट शारीरिक र भावनात्मक तनावबाट मुक्ति मिल्छ । यसबाट राम्रो निद्रा पाउन सहयोग मिल्छ । डाक्टरका अनुसार किताब पढेर जति राम्रो निद्रा लाग्छ हस्तमैथुनबाट पनि उत्तिकै राम्रो निद्रा पाउन सकिन्छ । यसबाट मानिस शान्त र तनावरहित हुन्छ । 

केही महिलाहरुलाई हस्तमैथुन गर्दा महिनावारीका बेला हुने पीडा कम हुने गरेको समेत पाइएको छ । हस्तमैथुनबाट शरीरमा रगतको प्रवाह बढ्छ जसले शरीरका विभिन्न तन्तु तथा अंगहरुको कामको प्रभावकारिता पनि बढ्छ । हस्तमैथुन गर्दा कुनै नकारात्मक असर पर्दैन । यसले कुनै शारीरिक हानी गर्दैन । न तपाइँ बिरामी पर्नुहुन्छ न गर्भवती हुने डर रहन्छ । 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि