काठमाडौं, जेठ १५ – प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रस्ताव भएसँगै सभामुख ओनसरी घर्तीमगर र प्रधान न्यायाधीश कार्कीबीचको भेटघाट लगभग दुर्लभजस्तै बनेको थियो । वैशाख १७ गते दर्ता भएको महाअभियोग तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश गरेसँगै निलम्बित कार्की काममा फकिईन्, तर व्यवस्थापिकाको कमाण्ड सम्हालिरहेकी घर्तीले उनलाई व्यवहारिक रुपमै अस्विकार गरिदिइन् ।
घर्तीले प्रधान न्यायाधीशलाई अस्वीकार गरेको ज्वलन्त उदाहरण हो, गत वैशाख २६ गते कानुन दिवसको अवसरमा कार्कीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार । राम कार्कीबाहेक प्रधानमन्त्रीसहित ठूला दलका नेता, सभामुख र अन्य मन्त्रीले उक्त चियापान बहिष्कार गरेका थिए ।
चियापान कार्यक्रम बहिष्कार गर्ने सभामुख र प्रधानमन्त्रीलाई प्रधान न्यायाधीश कार्कीले त्यसको केही दिनमै अख्तियार प्रमुख र लोकसेवा आयोगका प्रमुखको शपथ ग्रहण बहिष्कार गरेर ‘आफू पनि कोहीभन्दा कम नभएको’ जवाफ दिएकी थिइन् ।
जेठ ११ गते जावलाखेलमा बर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति विद्या भण्डारी र प्रधान न्यायाधिश सुशीला कार्की उपस्थित हुँदा ओनसरी घर्ती अनुपस्थित भइन् ।
राष्ट्रपति विद्या भण्डारी उपस्थित हुने कार्यक्रममा प्रायः देखिएकी प्रधान न्यायाधीश कार्की शितलनिवासमा आयोजित अख्तियार प्रमुख दिपक बस्न्यात र महालेखा परिक्षकको शपथ कार्यक्रममा बिदा बसेकी थिइन् । ओनसरी घर्ति र प्रधानमन्त्री जाने कार्यक्रममा छल्नकै लागि उनी बिदा बसेको यसअघि नै सार्वजनिक भैसकेको छ ।
तर, सोमबार आयोजित गणतन्त्र दिवस–२०७४ को अवसरमा यसअघि लुकामारी खेल्दै आएका प्रधान न्यायाधीश कार्की, सभामुख घर्ती र राष्ट्रपति भण्डारी एउटै मञ्चमा देखिएका छन् । सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा राज्यको तीन निकायका प्रमुखहरु लामो समयपछि एउटै मञ्चमा उपस्थित भएर परेवा उडाएको दृश्य धेरैले रोचक मानेर अवलोकन गरेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द