मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।Malaysia_AWJxxtJcCaक्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला श्वासप्रश्वास बन्द हुनेको संख्या छ। सन् २०१८ को जनवरीमा भने सबैभन्दा धेरै करेन्ट लागेर, जलेर, ढलमा खसेर र कुटपिटमा परेर मर्नेको संख्या २१ छ। सात जनाले आत्महत्यामा ज्यान फालेका छन् भने सडक दुर्घटनामा परेर तीन र सुतेकै ठाउँमा श्वासप्रश्वास बन्द भएर मर्नेको संख्या दुई जना छ।

यसैगरी, फेब्रुअरीमा सबैभन्दा धेरै अन्य शीर्षकमा मर्नेको संख्या १३ जना छ। श्वासप्रश्वास बन्द भएर, टीबी, निमोनियालगायत रोगका कारण पाँच जनाको ज्यान गएको छ। उद्योगमा काम गर्दा घाइते भएर दुई जनाको मृत्यु भएको दूतावासको तथ्यांक छ। सन् २०१७ मा तीन सय ५१ पुरुष र तीन महिलाको मृत्यु भएको थियो।

सोही वर्ष करेन्ट लागेर, जलेर, ढलमा खसेर, कुटपिटमा परेर मर्नेको संख्या एक सय ८९ रहेको दूतावासको तथ्यांक छ। आत्महत्या गरेर मर्नेको संख्या ६४ र श्वासप्रश्वास बन्द भएर मृत्यु हुनेको संख्या ६१ थियो। दुर्घटनामा परेर सन् २०१७ मा २६ जनाको मृत्यु भएको थियो।

यसैगरी, सन् २०१६ मा तीन सय ९२ जना नेपाली मजदुरको मृत्यु भएको छ। पुरुष तीन सय ८४ र महिला आठ जनाको मृत्यु भएको हो। यस वर्ष सबैभन्दा धेरै अन्य शीर्षकमा दुई सय १९ जनाको मृत्यु भएको छ। यसैगरी, श्वासप्रश्वासका कारण ५९, सडक दुर्घटनामा ५४, आत्महत्यामा ४९ र सडक दुर्घटनामा ११ जना नेपालीको मृत्यु भएको दूतावासको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने